Logo

गोरखा र सिन्धुपाल्चोकको चुनावमा पैसाको खेल सुरु, उम्मेदवारहरु पैसा बोकेर घरघरमा



९ मंसिर, काटठमाण्डौ । हेविवेट नेताहरुको भिडन्त हुने लागेको गोरखा क्षेत्र नम्बर २ मा मतदातालाई पैसा बाँड्ने प्रतिस्पर्धा सुरु भएको छ । नेपाली कांग्रेसको समर्थनमा चुनाव लडेका नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई र वाम गठबन्धनबाट उम्मेदवार बनेका माओवादीका नेता नारायणकाजी श्रेष्ठबिचको भिडन्तले गोरखामा पैसाको खोलो बग्ने देखिएको छ ।

दुवै नेताबिच जुँगाको लडाई भएकाले मतदातालाई रिझाउन दुवै नेता पैसा बोकेर घरघरमा पुगेको बताइएको छ ।
गोरखाका अर्का एक कांग्रेस उम्मेदवार राजेन्द्र बजगाईँ पनि पैसाकै भरमा चुनाव जित्ने रणनीतिमा रहेको बुझिएको छ । धनाढ्य व्यवसायी मानिने बजगाईले जति पनि पैसा खर्च गर्ने हैसियत भएकाले मतदाता पनि उनकै पछि लागेका छन् ।

नेपाली कांग्रेसका युवा नेता एवं गोरखा क्षेत्र नम्बर १ ख बाट प्रदेशसभा सदस्यका उम्मेदवार बनेका छन् ।
त्यसैगरी कांग्रेसकै अर्का उम्मेदवार चिनकाजी श्रेष्ठ पनि मतदाता खुशी पार्नका लागि पैसा बाँड्ने अभियानमा लागेको बताइएको छ ।
प्रतिनिधिसभा तर्फ गोरखा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका श्रेष्ठले जनता आफ्नो पक्षमा रहेकाले आफूले जित्ने दावी गर्दै आएका छन् ।

सिन्धुपाल्चोकमा पनि चुनाव जित्नका लागि उम्मेदवाहरु पैसा बाँड्ने प्रतिस्पर्धामा लागेको बताइएको छ । शीर्ष नेताहरु उम्मेदवार रहेको जिल्लाका सबै उम्मेदवारलाई जित्नै पर्ने चुनौति भएकाले पनि अन्तिम अस्त्रका रुपमा पैसाको प्रयोग गर्न लागेका हुन् ।

जिल्लाको प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका सबैजसो नेताहरु रातारात मतदाताको घरमा पुगेर पैसा बाँडिरहेको सुचना प्राप्त भएको छ । यस जिल्लाबाट क्षेत्र नम्बर एकमा कांग्रेसका मोहन वस्नेत र माओवादीका अग्नी सापकोटाबिच प्रतिस्पर्धा हुँदैछ । त्यसैगरी क्षेत्र नम्बर २ मा लोकतान्त्रिक गठबन्धनका उम्मेदवार तथा राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमशेर राणालाई वाम गठबन्धनका शेरबहादुर तामाङले चुनौति दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot