Logo

ओली आएकै दिन कञ्चनपुर एमालेमा पहिरो, एमाले–माओवादी परित्याग गरि सयौं युवा नेता तथा कार्यकर्ता कांडग्रेसमा प्रवेश



९ मंसिर, कञ्चनपुर । कञ्चनपुरमा कम्युनिष्ट गठबन्धनबाट ठूलो संख्यामा युवा नेता तथा कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका छन् । शुक्रबार कम्युनिष्ट गठबन्धनले कञ्चनपुर सदरमुकाम महेन्द्रनगर खुल्लामञ्चमा संयुक्त चुनावी सभा आयोजना गरेकै दिन एमाले र एमाओवादी परित्याग गरि सयौं युवा नेता तथा कार्यकर्ता नेपाली कांग्रेस प्रवेश गरेका हुन् ।

रोचक त के छ भने, एमालेका अध्यक्ष केपी ओली सहित कम्युनिष्ट गठबन्धनमा शिर्ष नेताहरु हौसिएर कञ्चनपुर आएकै दिन कन्चनपुर ३ का उम्मेदवार रमेश लेखकले भीमदत्त नगरपालिका १० तीनतारामा मात्र एमालेका संगठित सदस्य बलराम लुहार, युवा संघ भिनपा वडा नम्बर १० अध्यक्ष हरि चन्द लगायतका एकसय ६० जना एमाले र एमाओवादीका नेता तथा कार्यकर्तालाई कांग्रेस पार्टी प्रवेश गराए ।

उता नेपाली कांग्रेस क्षेत्र नम्बर २ का उम्मेदवार एनपी साउद र १ नम्बरका उम्मेदवार दिवानसिह बिष्टले पनि शुक्रबारकै दिन १ सय ८५ जना कम्युनिष्ट गठबन्धनका युवा नेता कार्यकर्तालाई कांग्रेस प्रवेश गराएका छन् । साउँदले कृष्णपुर नगरपालिकाको रैकवारमा आयोजित कार्यक्रममा र बिष्टले बेलौरीमा आयोजित सभामा १ सय ८५ जना भन्दा बढी युवा कार्यकर्ता कांग्रेस प्रवेश गरेका छन् ।

ओली आएकै दिन यति धेरै युवा नेता तथा कार्यकर्ता कम्युनिष्ट गठबन्धन छोडेर कांग्रेस प्रवेश गरेपछि एमालेमा पहिरो गएको छ । एमालेका एक स्थानिय नेताले भने, ‘ बामगठबन्धनका लागि यो पक्कै पनि शुभसंकेत होइन । यसले युवा कार्यकर्तामा चरम निरासा देखाउछ । ’
कञ्चनपुरका नेपाली कांग्रेसका उम्मेदवारहरुलाई कम्युनिष्ट गठबन्धनका नेता तथा कार्यकर्ता प्रवेश गराउन भ्याइनभ्याइ छ । नेता लेखकले मात्रै मनोनयन दर्तापछि ४ हजारभन्दा बढी नेता कार्यकर्ता कांग्रेस प्रवेश गराइसकेका छन् । यसले कञ्चनपुर कांग्रेसमा उत्साह छाएको छ ।

केपी ओलीले कम्युनिष्ट गठबन्धनको आमसभा सम्बोधन गरिरहदा खुल्ला मञ्चमा ६० वर्ष पुरा गरेका वुढावुढी मात्र देखिन्थे । अधिकांश युवा नेता कार्यकर्ताको साथ नेपाली कांग्रेसलाई रहेकाले कम्युनिष्ट गठबन्धनको सभामा बुढाबुढी मात्र उपस्थित भएको कञ्चनपुरका स्थानिय व्यापारी मदन चन्दले बताए । उनले भने, ‘अन्य ठाउँको भन्दा ओली कञ्चनपुर आउदा परिस्थिति उल्टिएको देखियो ।

यहाँ अधिकांश कम्युनिस्ट गठबन्धनका युवा कार्यकर्ता कांग्रेस प्रवेश गरेकाले आमसभामा बुढाबुढी मात्र देखिएका हुन । ’ यसले कञ्चनपुरमा कम्युनिष्ट गठबन्धनका पक्षमा जनलहर नरहेको प्रष्ट पारेको नागरिक समाजका अगुवा भवानी ऐरले बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot