Logo

आर्थिक विकास र निकासका लागि काँग्रेस : उपप्रधानमन्त्री श्रेष्ठ



वालिङ, स्याङ्जा, ९ मंसिर  : उपप्रधान एंव शिक्षामन्त्री गोपालमान श्रेष्ठले आर्थिक विकास र निकासका लागि नेपाली काँग्रेसको जित आवश्यक रहेको बताउनुभएको छ ।

स्याङ्जाको चापाकोट नगरपालिकामा शुक्रबार आयोजित चुनावी आमसभामा उहाँले भन्नुभयो —“विकासको गतिलाई अगाडि बढाउनका लागि काँग्रेसको जितबाट मात्रै सम्भव छ ।”

नेपाली काँग्रेसबाट स्याङ्जा क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्यको उम्मेदवारसमेत रहनुभएका श्रेष्ठले “मलाई विगतदेखि स्याङ्जाली जनताले माया गरिरहनुभएको छ, आशा छ यसपटक पनि अत्याधिक बहुमतका साथ विजयी बनाउनुहुनेछ” भन्दै यसपटक पनि काँग्रेसकै पक्षमा जनमत आउने र अधुरा कार्यलाई पूर्णता दिइने बताउनुभयो ।

काँग्रेस केन्द्रीय सदस्य धनराज गुरुङले सबै जातजातिको पहिचान, सबै नेपालीको सम्मानका लागि काँगे्रसले जित्नै पर्ने धारणा व्यक्त गर्नुभयो । (रासस)



प्रतिक्रिया दिनुहोस्