Logo

हिमाली जिल्ला मनाङ र मुस्ताङमा मौन अवधि उल्लङ्घन, उम्मेदवारहरु भोज भतेर र पैसा बाँड्न व्यस्त



९ मंसिर, काठमाण्डौ । मौन अवधि सुरु भएसँग केही उम्मेदवारहरु मतदाताको घरदैलोमा गएर पैसाको प्रलोभन देखाउन व्यस्त छन् । खुला रुपमा प्रचार प्रचार गर्न नपाइने यो समयमा उम्मेदवारहरु मतदातालाई प्रभाव पार्नका लागि भोज भतेर गर्नेदेखि नगद पैसा बाँड्नेसम्मका गतिविधिमा व्यस्त छन् ।

नेकपा एमालेको समर्थनमा मनाङबाट उम्मेदवार बनेका दिपक मनाङ्गेदेखि मुस्ताङका कांग्रेस उम्मेदवार रोमी गौचन थकाली र वाम गठबन्धनका उम्मेदवार प्रेमप्रसाद तुलाचन उम्मेदवारलाई प्रभाव पार्न पैसा खर्च गरिरहेको सुचना प्राप्त भएको छ ।

एउटा मात्रै निर्वाचन क्षेत्र रहेको मुस्ताङ जिल्लामा नेपाली काग्रेसका रोमी गौचन थकाली र वाम गठबन्धनका उम्मेदवार प्रेमप्रसाद तुलाचन प्रतिस्पर्धामा उत्रिएका छन् ।

तुलाचनसमेत विगतमा कांग्रेस नै भएकाले पनि यस पटकको चुनाव जित्नका लागि दुवैले सबै विकल्पको प्रयोग गरिरहेका छन् ।

यता दीपक मनाङे भनेर चिनिने राजीव गुरुङले मनाङ प्रदेश (ख) बाट उम्मेदवारी दिएका छन् । वाम गठबन्धनको सहयोगमा उम्मेदवार बनेका मनाङ्गेले पनि रातारात भोज भतेर र पैसा बाँडने गरेको बताइएको छ ।

हिमाली तथा उच्च पहाडी भागमा पर्ने ३२ जिल्लाहरूमा मंसिर १० गते पहिलो चरणमा चुनाव हुँदैछ । बाँकी ४५ जिल्लाहरूमा दोस्रो चरण मंसिर २१ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सम्पन्न गर्ने तयारी छ ।

सोलुखुम्बु, संखुवासभा, भोजपुर, ओखलढुङ्गा, ताप्लेजुङ, पाँचथर र खोटाङ, नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा र रामेछाप, मुस्ताङ, म्याग्दी, बाग्लुङ, मनाङ, लमजुङ र गोरखा, रूकुम (पूर्वी भाग) र रोल्पा, रूकुम (पश्चिम भाग), जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालिकोट र डोल्पा, दार्चुला, बझाङ, बाजुरा र बैतडी जिल्लामा मंसिरको १० गते नै निर्वाचन हुनेछ भने बाँकी जिल्लामा २१ गते हुनेछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot