Logo

नेविसंघका महामन्त्री कुन्दन काफ्ले नेतृत्वद्धारा बुथ कब्जाको प्रयासपछि दोलखामा तनाव



१० मंसिर, दोलखा । दोलखा जिल्लाको तामाकोशी गाउँपालिकाको जफेमा रहेको जामुने मतदान केन्द्रमा बुथ कब्जा गर्ने प्रयास भएपयिछ तनाव भएको छ ।

नेविसंघका महामन्त्री कुन्दन काफ्ले नेतृत्वको बाहिरबाट आएको समूहले केन्द्रमा आक्रमण गरेपछि तनाव सुरु भएको आरोप लगाइएको छ ।

मतदान केन्द्रनै कब्जा गर्ने प्रयास भएपछि तनाव सिर्जना भएको प्रहरीले जनाएको छ । खटाइएका प्रहरीले नियन्त्रणमा लिन नसक्ने अवस्था आएपछि बुथको सुरक्षा लागि अहिले थप सुरक्षा फोर्स माग गरिएको छ ।

बुथ कब्जा गर्न आएको समूहले अहिले मतदान केन्द्र भन्दा माथिबाट ढुङगामुढा प्रहार गरिएको प्रहरीले जनाएको छ । उनीहरूले टाढाबाट गुलेलीले ढुङगा प्रहार गरिरहेकोले थप सुरक्षा माग गरिएको जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्