Logo

क्रिष्टियानो रोनाल्डोको गोलको मदतमा रियल मड्रिडले मालागालाई हरायो, बार्सिलोनासँगको अंक दूरी ७



१० मंसिर, काठमाडौं । क्रिष्टियानो रोनाल्डोको गोलको मदतमा रियल मड्रिडले मालागालाई हराएको छ र बार्सिलोनाको अंक दूरी ७ मा झारेको छ ।

शनिबार राति भएको खेलमा रियल मड्रिडले मालागालाई ३–२ गोल अन्तरले हराएको हो । रियलको जितमा रोनाल्डोको गोल निर्णायक बन्यो ।

 

७५ औं मिनेटमा लुका मोडरिकलाई डिबक्स एरियामा लडाएपछि रियलले पेनाल्टी पाएको थियो । रोनाल्डोको प्रहार मालागाका गोलकिपरले रोकेका थिए तर, फर्किएर आएको बलमा रोनाल्डोले नै गोल गरेका छन् ।

त्यसअघि रियल मड्रिडले नवौं मिनेटमा करिम बेन्जिमाको गोलबाट अग्रता लिएको थियो । तर, १८ औं मिनेटमा मालागाका रोनालले बराबरी गोल फर्काए । तीन मिनेटपछि नै कासिमेरोले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए ।

खेलको ५८ औं मिनेटमा कास्ट्रोले गोल गरेपछि खेल २–२ को बराबरीमा पुगेको थियो ।

जितपछि रियल मड्रिडको १३ खेलबाट २७ अंक भएको छ भने लिग लिडर बार्सिलोनाको ३४ अंक छ र उसले एक खेल कम खेलेको छ ।



प्रतिक्रिया दिनुहोस्