Logo

राजनीतिक दलबीचको विवादका कारण धादिङका केही स्थानमा मतदान सुरु हुन सकेन



१० मंसिर, धादिङ । स्थानीय राजनीतिक दलबीचको विवादका कारण धादिङस्थित दोङ्देङ माध्यामिक बिद्यालय र खनियाबास–२ झार्लाङको मतदान प्रक्रिया अझै शुरु हुन सकेको छैन ।

अवरुद्ध भएको धादिङको रुबिभ्याली–२ तिप्लिङ ठूलो गाउँस्थित दोङ्देङ माध्यामिक बिद्यालय र खनियाबास–२ झार्लाङको मतदान प्रक्रिया अझै शुरु हुन नसकेको हो ।

लोकतान्त्रिक गठबन्धनका कार्यकर्ताले बाम गठबन्धनका मतदान प्रतिनिधिलाई मतदान स्थल मा प्रवेश गर्न नदिएपछि विवाद शुरु भएको थियो । अहिले सर्बदलीय बैठक बसेर सहमतिको प्रयास भइरहेको छ । यस्तै, खनियाँबास २ झार्लाङमा २ समूह बीच झडप भएपछि सो स्थानमा समेत मतदान अवरुद्ध भएको छ ।

झडपमा नेकपा माओबादी केन्द्रका स्थानीय नेता राम तामाङ घाइते भएका छ्न । तामाङलाइ लोकतान्त्रिक गठबन्धनका स्थानीय कार्यकर्ताले खुकुरी प्रहार गरेको आरोप माओवादी केन्द्रका छ ।



प्रतिक्रिया दिनुहोस्