Logo

तनहुँमा अन्य दल त्यागेर कांग्रेसमा प्रवेश गर्नेको लहर, २ वटै निर्वाचन क्षेत्रमा वाम गठबन्धन कमजोर बन्दै



१० मंसिर, तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको गृह जिल्ला तनहुँमा अन्य दल त्यागेर कांग्रेस प्रवेश गर्नेको लहर चलेको छ । दोस्रो चरणमा चुनाव हुने जिल्ला तनहुँमा चुनावको मिति नजिकिदै गर्दा माओवादी, एमालेसहित अन्य दलका नेता तथा कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका छन् ।

आइतबार मात्रै तनहुँको घिरिङ गाउँपालिका वडा नं २ माहोरकोटमा सिङगो गाउँ वाम गठबन्धन परित्याग गरी नेपाली काग्रेसमा प्रवेश गरेका छन् ।
घिरिङमा आइतबार बिहान आयोजित चुनावी कार्यक्रममा माहोरकोट ८२ घरका ४ सयभन्दा बढी वाम गठबन्धनका कार्यकर्ता काग्रेसमा प्रवेश गरेका हुन् ।

नवप्रवेशीहरुलाई नेपाली काग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधी सभा क्षेत्र नं २ का उम्मेदवार शंकर भण्डारी र कांग्रेस नेता जितप्रकाश आलेले ले पार्टी प्रवेश गराएका थिए ।

 

त्यसक्रममा भण्डारीले यस क्षेत्रको विकासका लागि आफू र काग्रेसले विशेष ध्यान दिने बताएका थिए । विगतमा ४—४ पटक एमालेले जितेको भएपनि सिन्को भाच्ने काम नभएको हुँदा यसपटक यसक्षेत्रका वासिन्दाले काग्रेसलाई जिताउन आग्रह गरेका थिए ।

यसअघि नेता रामचन्द्र पौडेलले पनि अन्य दलका सयौँ नेता तथा कार्यकर्तालाई कांग्रेसमा प्रवेश गराइसकेका छन् ।

केही समयअघिसम्म नेता पौडेललाई हराउनका लागि जोशीको पक्षमा लागेका कांग्रेसका नेता तथा कार्यकर्ताहरुसमेत अहिले पौडेलको पक्षमा खुलेर लाग्न थालेका छन् ।

२ वटा निर्वाचन क्षेत्र रहेको तनहुँको १ बाट पौडेल र २ बाट पूर्व वनमन्त्री तथा पूर्व सासंद शंकर भण्डारी कांग्रेसको तर्फबाट चुनावी मैदानमा छन् । पौडेलका प्रतिस्पर्धी वाम गठबन्धन एमालेका उम्मेदवार कृष्णकुमार श्रेष्ठ किसान हुन् ।

तनहुँ क्षेत्र नम्बर– १ कांग्रेसको बलियो क्षेत्र भएकाले वाम उम्मेदवारको जीत कठिन देखिएको छ । यसअघिको निर्वाचनमा यस क्षेत्रबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारी विजयी भएका थिए भने २ नम्बर क्षेत्रबाट वरिष्ठ नेता पौडेल विजयी भएका थिए ।

भण्डारी एमालेका जिल्ला अध्यक्ष केदार सिग्देलसँग लड्दै छन् । प्रदेश सभा ‘ख’ तर्फ एमालेका पुर्व मन्त्री किरण गुरुङ र कांग्रेसका तर्फबाट संसदिय दलका सचिव धुव्र वाग्ले प्रतिस्पर्धामा छन् ।

त्यस्तै क्षेत्र २ को क प्रदेश सभातर्फ वामगठबन्धनबाट विना विभागिय मन्त्री आशा कोइराला र कांग्रेसका तर्फबाट केन्द्रीय सदस्य तथा युवा नेता प्रदिप पौडेलबीच कडा टक्कर पर्ने देखिएको छ ।

विना विभागिय मन्त्री कोइराला र केन्द्रीय सदस्य पौडेल उक्त क्षेत्रमा दुवै लोकप्रिय मानिन्छन् । क्षेत्र नम्बर– १ मा प्रदेशतर्पmको ‘क’ केन्द्रीय सदस्य गोविन्द भट्टराई र नेपाली कांग्रेस तनहुँका पूर्व सभापति रघुनाथ पौडेल ‘ख’बाट उम्मेदवार बनेका छन् ।



प्रतिक्रिया दिनुहोस्