Logo

धर्म र संस्कृतिको रक्षा गर्ने प्रतिबद्धता व्यक्त गरे प्रचण्डले चुनाव जित्ने सुन्दरमणि दीक्षितको सुझाब



१० मंसिर, चितवन । राजनीति विश्लेषक प्रा.डा. सुन्दरमणि दीक्षितले नेपालको धर्म संस्कृतिमाथि प्रहार भइरहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । चितवनको भरतपुरमा आयोजित एक कार्यक्रममा बोल्दै दीक्षितले धर्म संस्कृतिको रक्षाका लागि दलहरु गम्भीर बन्नुपर्नेमा जोड दिए ।

संस्कृति विकास र लोकतन्त्रका लागि युवा विषयका अन्तरक्रियमा बोल्दै दीक्षितले धर्म र संस्कृतिको रक्षाका लागि प्रतिवद्ध बन्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई आग्रह गरे । दाहालकै निर्वाचन क्षेत्रमा गरिएको कार्यक्रममा दीक्षितले चुनाव जित्नका लागि नेपालको धर्म र संस्कृतिको संरक्षण गर्न प्रतिवद्धता व्यक्त गर्न दाहाललाई आग्रह गरे । “प्रचण्डले यो धर्तीको धर्म संस्कृतिलाई संरक्षण गर्छु भन्ने प्रतिवद्धता जनाउनु जरुरी छ ।” दीक्षितले भने ।

छात्र–छात्राहरुद्धारा आयोजित कार्यक्रममो प्रमुख अतिथीसमेत रहेका दीक्षितले प्रचण्ड संसदका लागि आवश्यक व्यक्ति रहेको उल्लेख गर्दै त्यसका लागि मुलुकको धर्म र संस्कृतिप्रति जिम्मेवार बन्नुपर्ने सुझाब दिए ।



प्रतिक्रिया दिनुहोस्