Logo

संविधानको परिधिभित्र रहेर हिन्दुराष्ट्र र राजसंस्थाको पक्षमा जनमत तयार पार्ने कमल थापाको भनाई (भिडियोसहित)



११ मंसिर, काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संविधानको परिधिभिर रहेर राष्ट्रियता, प्रजातन्त्र, हिन्दुत्व र उदार आर्थिक नीतिको धरातलमा सबल र समृद्ध नेपाल निर्माण गर्ने आफ्नो दलको मूल एजेण्डा रहेको बताएका छन् । टेलिभिजन कार्यक्रम धमलाको हमलामा कुरा गर्दै थापाले यो एजेण्डालाई विस्तृत रुपमा घोषणापत्रमा उल्लेख गरिएको जानकारी दिए ।

राप्रपाले पार्टी स्थापनाकालदेखि राजसंस्थाको एजेण्डा बोकेको स्मरण गराउँदै थापाले सम्भावना भन्दा पनि आवश्यकता महसुश गरेर राजसंस्थाको कुरा गरिएको स्पष्ट पारे । नेपालको भूराजनीतिक अवस्थालाई दृश्टीगत गर्दै चुनावी एजेण्डाभन्दा माथि उठेर गणतन्त्रवादीलाई समेत चित्त बुझ्ने गरी राजसस्थासहितको लोकतन्त्र नै सझा मुद्दा हुने थापाको भनाई छ ।

संविधानले गणतन्त्रको व्यवस्था गरेको र आफूले पनि संविधानको सपथ खाएको बताउँदै थापाले संविधानप्रति भने आफ्नो निष्ठा रहेको बताए । संविधानले जनताको अभिमत लिएर पार्टीको एजेण्डा स्थापित गर्ने स्वतन्त्रता र अधिकार दिएको थापाको भनाई छ ।

संविधानले कुनै पनि वियषयलाई अपरिवर्तनीय नभनेको उल्लेख गर्दै थापाले जनताको अभिमतद्धारा गणतन्त्रलाई परिवर्तन गर्न सकिने बताए । आफू जनताको चाहनाप्रति मन बचन र कर्मले प्रतिवद्ध भएको बताउँदै थापाले अन्य दलले आफ्ना माग राख्दा संविधान विरोधी नहुने तर आफूलाई राजतन्त्रको कुरा गर्दा संविधान विरोधी भनिएकोप्रति आपत्ति जनाएका छन् ।

संसदीय व्यवस्थालाई परिवर्तन गर्नुपर्छ भन्ने एमाले र माओवादीलाई केही नभन्ने तर आफूलाई भने अनावश्यक आरोप लगाइएको थापाको भनाई छ । संविधानले दिएको अधिकार प्रयोग गरेर मात्रै आफ्ना एजेण्डा स्थापित गराउन खोजेको थापाको स्पष्टोक्ति छ ।
सबै धर्मको सम्मान र स्वतन्त्रता कायम राख्दै नेपाललाई हिन्दु राष्ट्र बनाउने राप्रपाको एजेण्डा रहेको उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot