Logo

अस्थिरताको दुश्चक्रबाट देशलाई मुक्त बनाउन वाम गठबन्धन : प्रचण्ड



चितवन, ११ मंसिर : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशलाई अस्थिरताको दुश्चक्रबाट मुक्त बनाउन वामगठबन्धन गरिएको बताउनुभएको छ ।

माडीको वसन्तपुरमा आज आयोजित चुनावी सभामा राजनीतिक अस्थिरताका कारण देशको विकास हुननसकेको बताउँदै उहाँले वाम गठबन्धले नै अस्थिरता अन्त्य गर्ने बताउनुभएको हो ।

सिंगो राष्ट्रको आर्थिक तथा सामाजिक विकासका लागि आफूले निर्वाचनमा भाग लिएको र माडी क्षेत्रबाटै विकासको शुरुवात हुने भन्दै अध्यक्ष प्रचण्डले ठोरी–केरुङ राजमार्ग, जंगली जनाबर र मानवबस्ती बीचको द्वन्द्व अन्त्य गर्ने, माडी क्षेत्रमा चक्रपथ तथा कृषि सडक निर्माण गर्ने, कृषिको आधुनिकिकरण गर्ने, खोलाको तटबन्ध निर्माणलगायतका काम तत्काल शुरु गर्ने प्रितिबद्धतासमेत व्यक्त गर्नुभयो ।  (रासस)



प्रतिक्रिया दिनुहोस्

Screenshot