Logo

पत्रकार माझीद्वारा छोराको उपचारका लागि सहयोगको याचना



लहान, ११ मंसिर (रासस) : आफ्नो एक्लो छोरा गणेशकुमार माझी गम्भीर बिरामी परेको भन्दै सप्तरीका एक सञ्चारकर्मीले उपचारका लागि सहयोगको याचना गर्नुभएको छ ।

राजविराजबाट प्रकाशित छिन्नमस्ता साप्ताहिकका प्रकाशक तथा सह–सम्पादक कमानन्द माझीले आफ्ना १४ वर्षीय छोरा गणेश रक्त क्यान्सरवाट पीडित भएको भन्दै सहयोगका लागि सबैसँग याचना गर्नुभएको हो ।

जनता मावी खुरहुरीयामा कक्षा १० मा अध्ययनरत गणेश हाल भरतपुरस्थित क्यान्सर अस्पतालमा उपचारको क्रममा रहेको र आफनो क्षमताले भ्याएसम्म खर्च गर्दा उपचार खर्च नपुगेकाले थप रकम जुटाउनका लागि उहाँले आग्रह गर्नुभएको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot