Logo

निर्वाचनपछि कांग्रेसकै नेतृत्वमा सरकार बन्ने प्रकाशमान सिंहको दाबी



काठमाडौं, ११ मंसिर । नेपाली कांग्रेस काठमाडौंका उम्मेदवारहरुले घरदैलो अभियानलाई तिव्रता दिएका छन् । २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मतदातालाई आकर्षित पार्न उम्मेदवारहरुले घरदैलो अभियानलाई तिव्रता दिएका हुन् ।

उनीहरुले मतदातालाई विभिन्न आश्वासनसमेत दिँदै आएका छन् । काठमाडौं क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्यका कांग्रेस उम्मेदवार प्रकाशमान सिंहले आज भीमसेनगोला क्षेत्रमा घरदैलो गरेका छन् ।

उनले लोकतान्त्रिक शक्तिहरु एकजुट भएकाले जित सुनिश्चित भएको भन्दै आगामी निर्वाचनपछि पनि लोकतान्त्रिक गठबन्धनकै सरकार बन्ने दाबी गरे ।लोकतान्त्रिक शक्तिको विकल्प नखोज्न उनले मतदातालाई आग्रह गरे । मतदाताका समस्या समाधान गर्न आफूहरु प्रतिबद्ध रहेको भन्दै मत दिन आग्रह गरेका छन् ।

नेपाली कांग्रेसका मात्र नभई नेकपा एमाले, नेकपा माओवादी केन्द्र, विवेकशील साझा पार्टी, राप्रपालगायतका दलका उम्मेदवारले पनि काठमाडौंमा घरदैलो अभियानलाई तिव्रता दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्