Logo

वीरगंजका मतदाताको उम्मेदवारलाई प्रश्न : ६ महिना नाकाबन्दी गरेर हामीले के पायौँ ?



११ मंसिर, काठमाण्डौ । जिल्ला सदरमुकाम वीरगञ्जसहितको महत्वपूर्ण क्षेत्र समेटिएको यो निर्वाचन क्षेत्रबाट प्रतिनिधि सभा सदस्यमा नेपाली काँग्रेसबाट अनिल रुगंटा र संघीय समादवादी फोरम नेपालबाट पर्सा जिल्ला अध्यक्ष प्रदीप यादव उम्मेदवार बनेका छन् ।

सोमबार रिपोर्टर्स क्लब नेपालले गरेको चुनावी बहसमा सहभागि हुँदै उम्मेदवार रुगंटाले मधेशी जनताले चाहेको तर पूरा हुन नसकेको अधिकार स्थापित गराउनका लागि आफू उम्मेदवार बनेको दाबी गरेका छन् । मधेशी जनताको हक अधिकार स्थापित गराउनका लागि कांग्रेसबाहेक अरु कुनै दलको भूमिका नरहने भएकाले कांग्रेसका उम्मेदवारलाई मतदात गर्न उनले आग्रह गरे ।

पर्सा जिल्ला क्षेत्र नम्बर १ को समग्र विकासका लागि पनि आफू प्रतिवद्ध रहेको उनले बताए । त्यस क्षेत्रमा सबैभन्दा पहिला गर्नुपर्ने काम युवावर्गलाई रोजगारी दिएर व्यवस्थापन गर्ने रहेको रुगंटाको भनाई छ ।

विगतमा चुनाव जिते पनि संविधान निर्माण गर्नुपर्न चुनौति भएकाले विकास निर्माणका कामलाई प्राथमिकतामा राख्न नसकिएको उनले बताए । संविधान निर्माणका क्रममा पनि त्यस क्षेत्रको विकासका लागि आफूले धेरै बजेट पारेको दाबी रुगंटाले गरे ।

संघीय समादवादी फोरम नेपाल पर्सा जिल्ला अध्यक्ष तथा रुगंटाका प्रतिस्पर्धी उम्मेदवार प्रदीप यादवले मधेश आन्दालनको उपलब्धिस्वरुप जनताले प्रतिष्ठा प्राप्त गरेको बताए । आन्दोलनका नाममा गरिएको नाकाबन्दीले जनतालाई के दियो भन्ने मतदाताको प्रश्नमा यादवले भने, “आज तपाई धोती लगाएर काठमाण्डौमा घुम्नुहुन्छ, त्यो मधेश आन्दोलनको उपलब्धि हो ।”

आफू मधेश र मधेशी जनताको अधिकारका लागि लडेको उल्लेख गर्दै यादवले आगामी दिनमा पनि यसलाई निरन्तरता दिने बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot