Logo

प्रजातन्त्रको रक्षाका लागि लोकतान्त्रिक गठबन्धन भएको हो : थापा



धनगढी, ११ मंसिर रासस : उपप्रधान एवं ऊर्जामन्त्री कमल थापाले प्रजातन्त्र र राष्ट्रियताको संरक्षण एंव मुलुकको सम्रग विकासका लागि काँग्रेस र राप्रपाले एक ठाउँमा उभिएर चुनावी गठबन्धन बनाउनु परेको स्पष्ट पार्नुभएको छ ।

कैलालीे निर्वाचन क्षेत्र नं ४ को अत्तरियाबजारमा आज आयोजित लोकतान्त्रिक गठबन्धनको चुनावीसभामा उहाँले भन्नुभयो– “प्रजातन्त्र प्रतिको प्रतिबद्धता, संविधान प्रतिको निष्ठा र राष्ट्रियताको संरक्षणको सवालमा दुई पार्टी अहिले एक ठाउँमा आएर चुनावी गठबन्धन बनाएको हो ।”

राप्रपाका अध्यक्षसमेत रहनुभएका उपप्रधानमन्त्री थापाले पहिलो चरणको निर्वाचन ऐतिहासिक रुपमा सम्पन्न भएको र दोस्रो चरणको निर्वाचनका लागि सरकारले सम्पूर्ण तयारी पूरा गरेको बताउँदै वाम गठबन्धनका नाममा मुलुकलाई एक दलीय तानाशाही व्यवस्थामा लैजाने षडयन्त्र भइरहेको हुँदा चुनावमा लोकतन्त्र पक्षधरलाई साथ दिन सबैमा आग्रह गर्नुभयो ।

सो अवसरमा काँग्रेसका नेता बालकृष्ण खाणले मुलुकलाई जोगाउनका लागि काँँग्रेसलाई विजयी गराउन आग्रह गर्नुभयो । चुनावी सभामा राप्रपाका महामन्त्री चन्द्रबहादुर गुरुङ, कैलाली निर्वाचन क्षेत्र नं ४ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार सुनिलकुमार भण्डारी, निर्वाचन क्षेत्र नं ५ की उम्मेदवार काँग्रेस नेत्री डा आरजु राणा र प्रदेशसभा सदस्य उम्मेदवार हिरादत्त भट्ट लगायतले बोल्नुभयो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot