Logo

चुडामणि शर्माले बुझाए १ करोड रुपैयाँ धरौटी



१२ मंसिर, काठमाडौं । तत्कालिन कर फस्र्योट आयोगका एक सदस्य चुडामणि शर्मा एक करोड रुपैयाँ धरौटी बुझाएका छन् ।

लामो समयपछि मंगलबार थुनछेक बयानका लागि विशेष अदालत उपस्थित भएका शर्माले एक करोड रुपैयाँ धरौटी तिरेको अदालतले जानकारी दिएको छ ।

अदालतका न्यायाधिश द्वारिकामान जोशी, रत्नबहादुर बाग्चन र नारयाणप्रसाद पोखरेलको थुनछेक आदेशले शर्मासँग एक करोड रुपैयाँ धरौटी माग गरेको थियो ।

स्रोतको जोहो गरेर अदालतमा उपस्थित भएका शर्माले धरौटी वापतको बैंक ग्यारेन्टी बुझाएका थिए । अब उनको मुद्दा साधारण तारेकमा अघि बढ्नेछ ।

आयोगका अध्यक्ष लुम्बध्वज महत र अर्का एक सदस्य उमेशप्रसाद ढकालले भने यसअघि नै जनही एक करोड धरौटी तिरेर रिहा भइसकेका छन् ।

आयोगमार्फत अनियमित ढंगले कर मिनाहा दिइएको भन्दै अख्तियारले शर्मालाई गत १९ जेठमा पक्राउ गरेको थियो ।
१० अर्ब रुपैयाँ अनियमितताका आरोपित शर्मा सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाई गर्दै अन्तरिम आदेश दिएपछि अख्तियारको नियन्त्रणबाट बाहिर आएका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot