Logo

उम्मेदवार र समाजलाई आतंकित पार्ने कार्य गलत : सिटौला



भद्रपुर, १२ मंसिर  : नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले बम पड्काएर उम्मेदवार र समाजलाई आतंकित पार्ने कार्य गलत भएको बताउनुभएको छ ।

झापाको सदरमुकाम भद्रपुर १० स्थित सिटौला निवासमा सोमबार राति अज्ञात समूहले बम विस्फोटन गराएपछि आज पत्रकारले राखेको जिज्ञासामा उहाँले भन्नुभयो, “चुनाव बिथोल्ने समूहले देशभर नै जुन किसिमको बम विस्फोट गराउने कार्य गराइरहेको छ, त्यो कार्य गलत हो ।”

काँग्रेसबाट झापा निर्वाचन क्षेत्र नं ३ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहनुभएका काँग्रेसका पूर्वमहामन्त्री सिटौलाले भन्नुभयो –“यो निर्वाचन जनता र संविधान कार्यान्वयनको पक्षमा रहेकोले यसलाई प्रभावित पार्ने सक्रिय समूहलाई सरकारले तत्काल नियन्त्रणमा लिनुपर्छ ।”

यसैबीच, प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन हुन अब नौ दिन मात्र बाँकी रहँदा काँग्रेसले चुनाव प्रचारप्रसारलाई तिव्रता दिएको छ ।

चुनाव प्रचारप्रसारअन्तर्गत काँग्रेसले क्षेत्र नं २ प्रदेशसभा (ख) अन्तर्गत अर्जुनधारा–१ स्थित सिस्ने–मंगलबारे र बुद्धशान्तिको तामामझुवा र बुद्धशान्ति–२ पूलचोकमा कोणसभा सम्पन्न गरेको जनाएको छ ।(रासस)



प्रतिक्रिया दिनुहोस्