Logo

विकास र समृद्रिका लागी कांग्रेसलाइ मतदान



नेत्र मरासिनी : अर्घाखाँची, १२ मंसिर, नेपाली कांग्रेस अर्घाखाँचीका सभापती तथा प्रदेशसभा क्षेत्र नं.१ का प्रत्यक्ष उमेद्वार बिष्णु प्रसाद खनाल मुस्कानले देशको समग्र विकास र समृद्रिका लागी कांग्रेसलाइ मतदान गर्न आग्रह गर्नुभएको छ ।

नेपालमा अव राजनैतिक क्रान्ति सकिएकोले विकासका मुल फुटाउन नेपाली कांग्रेसकै आवश्यकता पर्ने बताउनुभएको छ । नेपाली कांग्रेस निर्वाचन प्रशिक्षण उपसमिती द्घारा विपि स्मृती भवन सन्धिखर्कमा आयोजित मतदान प्रशिक्षण कार्यक्रममा बोल्दै सभापती खनालले देश संविधान बिहिन रहेको अबस्थामा कांग्रेसले नेतृत्व लीएर सर्वमान्य संविधान जारी गरेको स्मरण गराउदै नेता खनालले वाम गठबन्धनले निर्वाचन जितेमा देश साम्यवाद तर्फ जाने जिकिर गर्नुभएको छ ।

कांग्रेस देशैभरी एकजुट भएर लागेकोले जितप्रति आशंका नगर्न समेत मतदातालाइ आग्रह गर्नुभएको छ ।

सोहि कार्यक्रममा बोल्दै महिला नेत्री तथा प्रदेशसभा समानुपातीक उमेद्वार निर्मला क्षेत्रीले मुलुकमा लोकतन्त्र संस्थागत गर्न,समतामुलक समाज निर्माण र संविधान कार्यन्वयनका निम्ति कांग्रेसको विकल्प नरहेको ठोकुवा गर्नुभयो ।

नेपाली कांग्रेस केन्द्रिय निर्वाचन प्रशिक्षण उपसमितीको सदस्य समेत रहनुभएकी नेत्री क्षेत्रीले समग्र महिलाको विकास बिना देश पुर्ण समृद्घि हुन नसक्ने हुदा सम्पुर्ण महिलाहरु एकै ठाउमा उभिन आग्रह गर्नुभएको छ ।

मतदाता प्रशिक्षण दिदै उहाले मतदानका क्रममा बदरमत घटाउन अबलम्वन गर्नुपर्ने उपायका बारेमा समेत सहभागीहरुलाई जानकारी गराउनुभएको थियो ।

कार्यक्रमा ने.का.कार्यवाहक सभापती सान्ता भण्डारी,कोषाध्यक्ष कृष्ण ज्ञवाली,सदस्य संगिता बेल्वासे,महाधिवेसन प्रतिनिधी मिरा पाण्डे,ने.वि.संघ उपाध्यक्ष नेत्र मरासिनी,सुरज रायमाझी,रुद्रमणि भुसाल,बिष्णु खनाल लगायत ८० जनाको उपस्थिती रहेको थियो ।

कार्यक्रम नेपाली कांग्रेस सन्धिखर्क नगरसभापती विनोद आचार्यको सभापतित्व,त्रिलोक सिंहको स्वागत मन्तव्य र बावुराम पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot