Logo

चितवनमा एक्लिँदै विक्रम पाण्डे, प्रचण्डको पक्षमा राप्रपा तथा कांग्रेसका नेताहरु उभिएपछि जित्ने पक्का !



काठमाडौं, १२ मंसिर । यही मंसिर २१ गते हुने प्रदेश र प्रतिनिधि सभाको दोस्रो चरणको निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ ले धेरैको ध्यान तानेको छ । यो क्षेत्रको बारेमा राष्ट्रिय राजनीतिमा समेत व्यापक धेरै चर्चा हुने गरेको छ। यसको खास कारण हो, यो क्षेत्रमा पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको उम्मेद्धवारी हो ।

त्यस्तै, चितवनबाट सँधैजसो चुनाव जित्दै आएका राप्रपाका नेता विक्रम पाण्डे वाम गठबन्धनका संयुक्त उम्मेद्धवार प्रचण्डसँग प्रतिष्पर्धामा छन् ।

पछिल्लो समय प्रचण्डले आफ्नो चुनावी प्रचारलाई आक्रमक बनाएका छन् । उनले आफ्नो पक्षमा प्रतिष्पर्धी उम्मेद्धवार पाण्डकै पार्टीका थुप्रै चर्चित नेता तथा कार्यकर्ताहरुलाई तानेका छन् । त्यसकारण उता पाण्डे भने संकटमा परेका छन् ।

चितवनबाट प्राप्त सूचना अनुसार पाण्डेले चुनाव जित्नैलागि ठूलो मात्रामा धनराशि खर्च गर्न लागेको भएपनि उनकै कार्यकर्ताहरु यतिवेला प्रचण्डसँग नजिएका छन् । उनीहरुले पूर्ण रुपमा प्रचण्डलाई नै सघाउने निधो गरिसकेका छन् । यो बीचमा प्रचण्डलाई चुनावी प्रचारको लागि केही दिन ब्रेक लाग्यो, पुत्र वियोगले ।। तर उनले अहिले चुनावी प्रचारप्रसारलाई तिव्रता दिएका छन् ।

प्रचण्डले कांग्रेसका नेता तथा कार्यकर्ताहरुलाई समेत आफ्नो पार्टीमा भित्र्याएका छन् । कतिपय कांग्रेसी नेताहरुले गठबन्धनकै उम्मेद्धवार भएपनि पाण्डेको व्यवहार र शैली त्यति रुचाएका छैनन् । किनकी पाण्डेले हैकमवादी देखाउने गरेकोले उनको साथ छोड्न उनकै कार्यकर्ताहरु समेत बाध्य भएको स्रोतको दाबी छ ।

यता कांग्रेसका पूराना तथा शीर्ष नेताहरुपनि अध्यक्ष प्रचण्डको पक्षमा उभिने भएका छन् । उनीहरुले औपचारिक रुपमा प्रचण्डलाई सघाउने भनेर घोषणा नगरेपनि भित्रि रुपमा प्रचण्डलाई नै सघाउने निधो गरेका छन् । प्रदेश सभाका कांग्रेसका उम्मेद्धवार दिनेश कोइराला पनि प्रचण्डसँग नजिक छन् । धेरैजसो कांग्रेसका नेताहरु दाहालसँग निजिकएका कारण अहिले पाण्डे ठूलो तनाबमा छन ।



प्रतिक्रिया दिनुहोस्