Logo

राजेन्द्र महतो ब्याक भए, निधिलाई मैदान खाली गर्न राजी



काठमाडौं, १२ मंसिर । यही मंसिर २१ गते हुने प्रदेश र प्रतिनिधि सभाको लागि दलहरु चुनावी तयारीमा जुटिरहेको बेला कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनमा भने व्यापक चुनावी तालमेलको बारेमा पूनः छलफल सुरु भएको छ ।

सोही छलफल अनुसार कांग्रेस, राजपा नेपाल र संघीय समाजवादी फोरम नेपालवीच २ नम्बर प्रदेशमा एकले अर्कोलाई सघाउने र जित्नेगरि अघि बढ्नेबारे सहमति खोजिने भएको छ ।

धनुषा क्षेत्र नम्बर ३ मा कांग्र्रेस नेता विमलेन्द्र निधिसँग चुनावी प्रतिष्पर्धामा उत्रिएका राजपा नेपालका अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले निधिलाई वाक ओभर गर्नेबारे अन्तिम सहमति हुने खुलासा भएको छ। स्रोतले भन्यो,“मधेशमा कांग्रेस र राजपा, फोरमवीच चुनावी तालमेल भएन भने तीन वटै पार्टीलाई ठूलो क्षति हुन्छ, त्यसैले अहिलेपनि समय छ, एकले अर्कोलाई सहयोग गर्नुपर्छ, बुद्धि पुर्याउनुपर्छ, हुन त यसबारेमा छलफल पनि भैरहेको छ, यसको अन्तिम तयारी भोलिसम्म लाग्छ।”

उक्त स्रोतका अनुसार महतोले निधिको लागि वाकओभर गर्ने र मधेशमा धेरै उम्मेद्धवारहरुले रणनीतिका अनुसार उम्मेद्धवारी फिर्ता लिने बुझिएको छ । निधि र महतोको पनि मिलाउने, उपेन्द्र यादव र जयप्रकाशको मिलाउने, शरद सिंह र किरण यादव पनि मिलाउने, अनिल झा र कृष्ण यादवपनि मिलाउने तयारी तीन वटै पार्टीका नेताहरुले गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्