Logo

कांग्रेस कार्यकर्ताको मन प्रचण्डतिर, राजावादी विक्रम पाण्डे पैसाको भरमा चुनाव लडेको आरोप



१३ मंसिर, काठमाण्डौ । चितवन क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका कार्यकर्ताले लोकतान्त्रिक गठबन्धनका उम्मेदवार विक्रम पाण्डेलाई मतदान नगर्ने बताएका छन् । पाण्डेका प्रतिस्पर्धी तथा वाम गठबन्धनका उम्मदेवार पुष्पकमल दाहाललाई भेटेर कांग्रेसका अधिकांश कार्यकर्ताले आफूहरु राजावादीलाई मतदान गर्न नसक्ने बताएका हुन् ।

पैसाको भरमा चुनाव जित्ने अभियानमा लागेको आरोप लगाउँदै मतदाताहरुले पाण्डेलाई भोट नहाल्ने बताएका छन् । कसलाई मतदान गर्ने भन्ने विषयमा चितवन कांग्रेका कार्यकर्ता विभाजित भएका हुन् । केहीले भने पार्टीको निर्देशन अनुसार नै पाण्डेलाइ मतदान गर्नुपर्ने तर्क गरेका छन् । यद्यपी पछिल्लो समय आफ्नो क्षेत्रका घरदैलोमा सक्रिय प्रचण्डलाई कांग्रेसका कार्यकर्ताले प्रोत्साहन गर्दै शान्ति प्रक्रियाका मुख्य नेता भएकाले पनि मतदान गर्नुपर्ने बताएका छन् ।

तत्कालिन कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालासँग सहकार्य गरेर शान्ति प्रक्रियामा आएका प्रचण्डलाई त्यसबेलाको भूमिका स्मरण गर्दै कांग्रेस कार्यकर्ताले प्रचण्डलाई मतदान गर्नुपर्ने तर्क गरेका छन् ।

उता पाण्डे भने जनलहर प्रचण्डतिर गएको अनुभूति गरेपछि गाउँगाउँमा पुगेर पैसा बाँड्न थालेको कतिपयले आरोप लगाएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot