Logo

सर्लाही–३ मा वाम गठबन्धनको जीत सुनिश्चित हो : पूर्वमन्त्री यादव



सर्लाही, १३ मंसिर । पूर्व बनमन्त्री तथा सर्लाही क्षेत्र नं. ३ को प्रतिनिधी सभा सदस्यको उम्मेदवार रामेश्वर रायले २१ गतेको चुनावलाई जनताले गौरवमय र उल्लासमय दिनको रुपमा सम्झी रहेको बताएको छ ।

सर्लाहीको क्षेत्र नं. ३ को विभिन्न स्थानमा जनताको घरदैलौ कार्यक्रममा व्यस्त रहनु भएको रायले जनताको अजेय सोच र चाहनालाई अब पैसा र दम्भले छुन नसक्ने बताउनु भएको छ ।

बाम गठबन्धन देश र जनताको लगन गाँठो बताउँदै पूर्वमन्त्री रायले भन्नु भयो अब यो देशमा बामपन्थीहरुको बहुमत आउनबाट कुनै शाषकले रोक्न नसक्ने भएको हुनाले सम्पूर्ण जनतालाई निश्चिन्त भएर बामपन्थी घेरामा लामवद्ध हुन आह्वन गर्नु भएको छ ।

आफु मधेशको मूलधारको राजनीतिबाट आएको भए पनि मुद्दाहरुलाई क्षेत्रीय स्तरबाट भन्दा पनि राष्ट्रिय स्तरबाट अगाडी बढाउँदा देशका लागि हितकर हुने पूर्वमन्त्री रायले बताउनु भयो ।

मन्त्री रायले अब बामपन्थीहरुको स्थिर सरकार बनाएर देश र जनताको हितमा दिर्घकालिन योजनाका साथ अघि बढ्न सके राष्ट्र मुक्ति महाअभियान सम्भव हुने बताउनु भयो ।



प्रतिक्रिया दिनुहोस्