Logo

सवारी प्रदुषण मापदण्ड अनगुमन आजबाट सुरु (फोटोफिचर)



काठमाडौं, १३ मंसिर । यातायात व्यवस्था विभाग, वातावरण मन्त्रालय, टा«फिक प्रहरी महाशाखा, प्रधानमन्त्री कार्यालयको संयुक्त पहलमा सवारी प्रदुषण मापदण्ड अनगुमनको आजबाट सुरु भएको छ ।

बुधबार उक्त अभियान सिंहदरबारस्थित् प्रधानमन्त्री कार्यालय अगाडिबाट सुरु गरिएको हो । कार्यक्रममा प्रधानमन्त्री कार्यालयका सचिव, वातावरण मन्त्रालयका पदाधिकारी, टा«फिक प्रहरी महाशाखाका एसपी लगायतले संयुक्त रुपमा उद्धघाटन् गरेका हुन् ।

कार्यक्रममा प्रधानमन्त्री कार्यालयका सचिवले आजदेखि सवारी प्रदुषणबारे अनुगमन सुरु गरेको बताउँदै यसलाई देशव्यापी रुपमा लैजाने जानकारी दिए ।
उनका अनुसार यसअघि पनि आफूहरुले मापदण्ड विपरित चलाईएका सवारीहरुलाई कारबाही गरिसकेको बताए । त्यस्तै उनले गाडी मेन्टेन नगरी चलाएको पाईएमा र मापदण्ड विपरित चलाए कडा भन्दा कारबाही गर्ने चेतावनी दिए ।

तस्विर : मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्

Screenshot