Logo

उम्मेद्धवारमाथि आक्रमण बढेपछि बालुवाटारमा सुरक्षा निकायको आकस्मिक बैठक सुरु



काठमाडौं, १३ मंसिर । पछिल्लो समय उम्मेद्धवार लक्षित बम प्रहार, एम्बुस थाप्ने घट्ना बढिरहेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाले सुरक्षा निकायका अधिकारीहरुसँग छलफल सुरु गरेका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको बैठकमा तीन वटै सुरक्षा निकायका अधिकारीहरुको उपस्थिति रहेको छ । बैठकमा नेपाली सेनाका तर्फबाट प्रधानसेनापति राजेन्द्र क्षत्रीको सट्टा बलदेव राज महतको उपस्थित् छ भने नेपाल प्रहरीका प्रमुख प्रकाश अर्याल, अनुशन्धान विभागका प्रमुख दिलिप रेग्मी र सशस्त्र बलका प्रमुख सिंहबहादुर श्रेष्ठको उपस्थिति छ ।

त्यस्त प्रधानमन्त्रीका सुरक्षा सल्लाहकार एकमणि नेपाल र गृह प्रवक्ता एवम् शान्ति सुरक्षा महाशाखाका प्रमुख नारायणप्रसाद दुवाडीको समेत उपस्थित् छन् ।



प्रतिक्रिया दिनुहोस्