Logo

नवलपुर पश्चिम क्षेत्र नम्बर २ मा कांग्रेसका उम्मेदवार देवेन्द्रराज कँडेल बलियो, भन्छन, “जित सुनिश्चित छ”



१३ मंसिर, काठमाण्डौ । नवलपुर पश्चिम क्षेत्र नम्बर २ मा कांग्रेसका उम्मेदवार देवेन्द्रराज कँडेलले आफ्नो जित सुनिश्चित भएको दाबी गरेका छन् । प्रतिनिधिसभा सदस्यका उम्मेदवार कँडेलले वाम गठबन्धनबाट उम्मेदवार बनेका माओवादी नेता घनश्याम यादव र राजपाका गोविन्द चौधरीलाई पराजित गर्ने दाबी गरेका हुन् ।
कँडेल त्यस क्षेत्रका विकासप्रेमी नेता भएकाले पनि उनको जित सहज भएको बताइएको छ ।
कँडेल लोकतान्त्रिक गठबन्धन, यादव वाम गठबन्धन र चौधरी मधेशी गठबन्धन (राजपा–फोरम)बाट उम्मेदवार बनेका छन् ।

यादव रुपन्देहीबाट आएका र चौधरीको जनमत कमजोर रहेकाले कँडेलले जित्ने अनुमान त्यस क्षेत्रका सर्वसाधारणले समेत बताएका छन् ।
माओवादी युद्धकालमा गृहराज्य मन्त्री बनिसकेका कँडेल राष्ट्रिय राजनीतिमासमेत बलियो पकड भएका नेता मानिन्छन् ।



प्रतिक्रिया दिनुहोस्