Logo

हृदयेष त्रिपाठीको क्षेत्रमा पुग्दा रिपोर्टस क्लबको उच्च प्रशंसा, धमलालाई जनताको स्याबासी



१३ मंसिर, काठमाण्डौ । चुनावी बहसका क्रममा देशका सबैजसो क्षेत्रमा पुगेको रिपोर्टस क्लब नेपालप्रति नेतादेखि जनतासम्मले सम्मान प्रकट गरेका छन् ।

पछिल्लो एक महिनादेखि देश दौडाहामा गएका क्लबका अध्यक्ष ऋषि धमलाले पत्रकारिता क्षेत्रमा गरेको योगदानलाई विभिन्न दलका नेतादेखि कार्यकर्तासम्मले उच्च सम्मान देखाएका छन् ।
बुधबार नवलपरासिको पश्चिम क्षेत्र नम्बर १ मा पुगेका ऋषि धमलालाई त्यहाँका उम्मेदवार हृदयष त्रिपाठीले चुनाव लडेर मन्त्री बन्नुपर्ने भन्दै धमलालाई सुझाब दिएका थिए ।

धमलाले जनताको अवाजलाई सम्बन्धित नेतासमक्ष पु¥याउनका लागि गरेको योगदानको आफुले उच्च कदर गरेको त्रिपाठीको भनाई थियो ।
त्यस क्षेत्रका जनताले पनि धमलालाई आफ्ना समस्या नेतासमक्ष प्रभावकारी रुपमा प्रस्तुत गरिदिएको भन्दै धन्यवाद दिएका थिए ।

त्रिपाठीसँग बहस गर्नका लागि त्यस क्षेत्रमा पुगेका धमलालाई धन्यवाद दिनकै लागि हजारौँ सर्वसाधारणको भिड लागेको थियो ।



प्रतिक्रिया दिनुहोस्