Logo

भरत शाहको आरोप : ‘सबैभन्दा भ्रष्टहरु त वामपन्थीहरु हुन्, उनीहरु संस्थागत भ्रष्टाचार गर्छन्’



‘मंसिर २१ गतेपछि वाम गठबन्धन अल्पमतमा पर्छ, सरकार कांग्रेसले बनाउँछ’
रुपन्देही, १४ कार्तिक । रुपन्देही क्षेत्र नम्बर ५ का प्रतिनिधि सभाका लागि नेपाली कांग्रेसका उम्मेद्धवार भरत शाहले चुनावपछि नेपाली कांग्रेसले नै सरकार बनाउने दाबी गरेका छन् । उनले भने,‘लेखेर राख्नुहोस्, नेपाली कांग्रेसले अबको निर्वाचनमा बहुमत ल्याउँछ र सरकार पनि बनाउँछ, चुनाव सकिएको दिन बाम गठबन्धनको दुई तिहाई र बहुमतको कुरा सेलाउँछ, उनीहरु अल्पमतमा पर्छन।’

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष चुनावी साक्षात्कारमा बोल्दै नेता शाहले वाम गठबन्धनको कारणले आफूलाई चुनाव जित्न कुनै अप्ठ्यारो नभएको समेत जिकिर गरे । उनले भने,‘यो क्षेत्रमा अहिलेपनि हाम्रो गठबन्धनको बढि मत छ । कांग्रेसले जित्छ । जित्छ । धेरै जित्छ । रुपन्देहीमा कमसे कम तीन सिट जित्छ ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले पहिला पनि कांग्रेसले रुपन्देहीमा चुनाव जितेकोले यो पटकपनि सजिलै जित्ने जिकिर गरे । उनले थपे,‘पहिला पनि जितेको हो नि । यसपटक पनि जित्छ । हाम्रो पार्टीले तीन सिटभन्दा बढि पनि जित्न सक्छ ।’

उनले चुनावपछि पनि कांग्रेसले नै सरकार बनाउने कुरामा कुनै शंका नभएको जिकिर गरे । उनले थपे,‘सरकार हामीले बनाउँछौं । कंग्रेसको सरकार बन्छ । उनीहरु पहिले–पहिले दुई तिहाईको कुरा गर्थे, तर अहिले बहुमत मात्रै आउँछ भन्न थालेका छन् । अब २१ गतेसम्म अल्पमतमा भैसक्छन् । त्यसपछि कांग्रेसले बहुमत ल्याउँछ । म हाम्रो पार्टीप्रति जनताको विश्वासको आधारमा भनिरहेको छु, जनता तानाशाह चाहँदैनन् ।’

नेता शाहले कम्युनिष्टहरुले बहुमत ल्याए भने देशमा अधिनायकवाद आउने समेत खतरा औल्याए । त्यस्तै उनले आफू जनताको घरदैलोमा जाँदा व्यापक उत्साह पाएको उल्लेख गर्दै जनताले अब विकास र समृद्धि चाहेको स्पष्ट पारे । उनले थपे,‘विकास निर्माणका आधारमा, र मैले गरेका वाचाहरु पूरा गरेको छु, त्यसैले उहाँहरुले मलाई भोट हाल्नुहुन्छ, विकास निर्माणका काम गरेको छु ।’

उनले आफ्नो क्षेत्रमा सुकुम्बासी समस्या ठूलो रहेको बताउँदै थपे,‘यो क्षेत्रको सबैभन्दा ठूलो समस्या नै सकुम्बासी समस्या हो । प्रधानमन्त्री आउँदपनि मैले यो कुरा भनेको थिएँ, यदि तपाईले यो समस्या समाधान गर्न सक्नुहुन्छ, यहाँ जनताले तपाईको तीन पुस्तासम्मलाई जयजयकार गर्छन् भनेर, उहाँले हाम्रो सरकार बनेपछि सुकुम्बासी समस्या समाधान गर्छु भन्नुभयो, एकचोटी मात्रै होईन, तीन चोटी सम्म समस्या समाधान हुन्छ, हुन्छ, हुन्छ भन्नुएको छ।’

शाहले पनि आफ्नो पहिलो प्राथमिकता सुकुम्बासी समस्या समाधान गर्नु नै भएको प्रतिक्रिया दिए ।उनले भने,‘विकास निर्माण त मैले धेरै गरेको छु, सडक, लुम्बिनीको हाईवे, हेर्नुहोस्, ९ वटा पुल बनेका छन् । शिक्षा, स्वास्थ्य, पर्यटनका क्षेत्रमा धेरै भएका छन्। बाटाघाटा कति कति, तर यहाँका जनताको लालपुर्जा छैन, त्यो दिन नसक्नुको कारण धेरै सरकार आए नेपालमा, हामीले गर्न खोजेको हो, मैले ०५६ सालमा जित्दापनि नापी लिईएको पनि हो, ६ हजार लालपुर्जा बाँड्न सकिएन, राजाको शासनले गर्दा, अब म विजयी भएर गएँ भने सरकारलाई म बाध्य बनाउँछु।’

त्यस्तै उनले आर्थिक उन्नती गर्नु नै आफूहरुको एजेण्डा भएको समेत योजना सुनाए । उनले भने,‘मैले जितेपछि अन्तिम प्रयत्न नै सुकुम्बासी समस्या समाधान गर्ने हो, समाधान त सरकारले गर्ने हो, यो समाधान गर्न सरकारलाइ म बाध्य बनाउँछु । बाध्य बनाउन कुनै कसर राख्दिन्, मेरो बाचा हो । म कुनै कसर बाँकी राख्दिन् ।’

त्यस्तै उनले नागरिकताको समस्या पनि उक्त क्षेत्रमा व्याप्त रहेकोले त्यसलाई पनि छिट्टै समाधान गर्ने सुनाए । उनले भने,‘बाउको जन्मको आधारमा दिएका छौं, छोराहरुको नागरिकता बनाउन सकेको छैन, अब बंशजको आधारमा नागरिकता दिन्छौं ।’

यद्धपी उनले चुनाव जितेपछि धेरै उम्मेद्धवारहरुले वाचा पूरा नगरेको ईतिहाँस भएपनि आफू भने बोलेको कुरा पूरा गर्ने नेता भएको स्पष्ट पारे । उनले भने,‘म धेरै बोल्दिन्, बोलेको कुरा पूरा गर्ने मानिस हुँ, आर्थिक मामिलाको बारेमा मैले बौल्ने हुँ । विकास र समृद्धिको लागि हामी धेरै चिन्तित छौं । समृद्ध रुपन्देही बनाउनुपर्छ, ८० प्रतिशत काम भएका छन्। गुरुयोजनाहरुमा अब २० प्रतिशतमात्रै बाँकी छ । धेरै कामहरु भएका छन् ।’

उनले नेपाली कांग्रेसले चुनाव जित्ने आधार धेरै भएको फेहरिस्त समेत उनले सनुाए । शाहले थपे,‘एउटा त हाम्रो पार्टीको नेतृत्वले संविधान जारीगर्यो । पहिला यसलाई कार्यान्वयन गर्नुपर्ने हुन्छ । कांग्रेसले विकास नगरेको भए, कसले गर्यो त? हामीले ल्याएको उदारणीकरणको अर्थनीति हो । कहाँबाट आयो ? यत्रो पैसा ? हामीले लिएको अर्थनीतिले गर्दा धेरै बैंकहरु खुले, ट्याक्स पेअर्सहरु बने, गाउँमा धेरै पैसा आउन लाग्यो ।’

उनले कांग्रेसको पालामा भ्रष्टाचार भएको भनेर एमाले र माओवादीका नेताहरुले आरोप लगाउनु हाँस्यस्पद भएको समेत बताए । उनले भने,‘अहिले भ्रष्टाचार संसारभरि छ, यसलाई रोक्नुपर्छ यसलाई कारबाही गर्नुपर्छ । तर तपाई सोध्नुहोस्, सबैभन्दा भ्रष्टहरु त वामपन्थीहरु हुन् । उनीहरु त संस्थागत भ्रष्टाचार गर्छन्। कत्रा–कत्रा बिल्डीमा बस्छन्, कत्रो गाडीमा चढछन्, रहनसहन हेर्नुहोस् त ।’

त्यस्तै उनले कम्युनिष्टहरुले बहुमत ल्याए मुलुकमा अधिनायकवाद आउने समेत जिकिर गरे । उनले थपे,‘उनीहरुले बारबार किन भनिरहेका छन् त, संविधान संशोधन गर्छो भनेर । आफू अनुकुल बनाउनको लागि न हो, कम्युनिष्ट अनुकुल बनाउनको लाग हो नि ।’

एमाले अध्यक्ष केपी शर्मा ओलीले हाम्रो पार्टी सभापति शेरबहादुर देउवालाई अन्तिम प्रधानमन्त्री भनेर भनेको उललेख गर्दै भने,‘एउटा पार्टीले अर्को पार्टीलाई समवेदना दिनुभएको छ, तर उहाँहरुलाई नै ब्याक फायर हुन्छ ।’

आफ्नो पार्टीभित्र को प्रधानमन्त्री बन्ने भन्नेबारे कुनै विवाद नभएको उनको भनाई थियो । उनले थपे,‘संसदीय दलले प्रधानमन्त्री बनाउने हो, दलका बैठकले जसलाई बनाउँछ, त्यही बन्छ । देउवाले अर्कोलाई अघि सारे, अरु साथीहरु पनि प्रधानमन्त्री बन्नुहुन्छ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot