Logo

वाम गठबन्धनले ५ नम्बर प्रदेशको राजधानी दाङलाई बनाउने निर्णय गरेको छ : कृष्णबहादुर महरा



दाङ्, १५ मंसिर । नेकपा माओवादी केन्द्रका नेता एवम् दाङ क्षेत्र नम्बर २ का प्रतिनिधि सभाका उम्मेद्धवार कृष्णबहादुर महराले वाम गठबन्धनको बुहमतमात्रै नभएर दुई तिहाईभन्दा बढि बहुमत आउने दाबी गरेका छन् ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष चुनावी साक्षात्कारमा बोल्दै नेता महराले वाम गठबन्धनको बहुमत आउनेमा कुनै शंका नभएको स्पष्ट पारेका छन् । उनले थपे,“हामी साधारण बहुमतमात्रै होईन, दुई तिहाईभन्दा बढि मत ल्याएर सरकार बनाउँछौं, निर्वाचनपछि यहाँहरुले यो कुरा थाहा पाईनैहाल्नुहुन्छ।”

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले निर्वाचनपछि वाम गठबन्धनको सरकार बन्ने ठोकुवा गरे । “बाम गठबन्धनको सरकार विल्कुल बन्छ । दुई तिहाई बहुमत आउँछ । आन्तरिक तथा बाहृय पर्यवेक्षकहरुको आँकलनपनि बाहिर आएको छ, जस्तो पहिलो चरणको निर्वाचनमा ३७ मा २७ भन्दा बढि बाम गठबन्धनले जित्ने आँकलन आएको छ, अब बाकस खोल्न बाँकी छ। दुई तिहाई भन्दा बढि नै आउँछ ।”

विनाविभागीय उपप्रधानमन्त्री समेत रहेका महराले दाङ् कृष्णसेन ईच्छुक लगायतका धेरै प्रगतिशील विचारधारा भएका नेताहरु जन्मिएको ठाउँ भएकोले बाम गठबन्धनका उम्मेद्धवारहरुलाई जनताले अत्यधिक बहुमत दिएर जिताउने समेत दाबी गरे ।

त्यस्तै उनले बाम गठबन्धनले दुई तिहाई मत ल्याएर सरकार बनाएपनि कम्युनिष्ट शासनको अभ्यास नहुने जिकिर गरे । उनले भने,“यहाँ अहिले हल्ला फिँजाईएकोजस्तो कम्युनिष्ट शासनको अभ्यास हुनेवाला छैन, हामी त अहिलेसम्म भएका आन्दोलनका उपलब्धिहरुको रक्षा गर्नेगरि संविधान कार्यान्वय र यसले निर्दिष्ट गरेका वाटाहरु पछ्याउँछौं, एकदलीय पनि होईन, अधिनायकवाद पनि होईन, यही संविधानको मर्म र भावना अनुसार अघि बढ्छौं ।”

महराले संविधान जारी भएपछि अब देशको ध्यान समृद्धितिर भएकोले सोही उद्देश्य प्राप्तिको लागि आफूहरु केन्द्रित रहने जनाए । उनले थपे,“केही वर्षदेखि यता मेरो ध्यान पनि समृद्धिमा छ । यहाँका बाटोहरुका आन्तरिक व्यवस्थापन गर्न, पर्यटनको हब बनाउने, त्यतिमात्रै नभएर पश्चिम नेपालकै केन्द्र बनाउने र सबै किसिमका हब बनाउने, पाँच नम्बर प्रदेको राजधानी बन्छ । विल्कुल संभावना छ । शंकर पोखरेल मुख्यमन्त्री बन्नुहुन्छ । बाामपन्थीहरुले दुई तिहाई ल्याएँछ ।

आन्तरिक विकास निर्माणका दृष्टिकोणले दाङ् एउटा हब बन्न सक्ने उल्लेख गर्दै जनताहरु आफूलाई जिताउन आँतुर रहेको उनको भनाइृ थियो । दाङ्लाई पाँच नम्बर प्रदेशको राजधानी बनाउनेबारे वाम गठबन्धनको आधिकारिक दृष्टिकोण नआएपनि गठबन्धनका नेताद्धय पुष्पकमल दाहाल प्रचण्ड र केपी शर्मा ओलीले आफू र शंकर पोखरेलसँग दाङ्लाई नै राजधानी बनाउने बचन दिएको सुनाए ।

दाङ्को मात्रै होईन नभएर पूरै देशभरिमा विकास हुन नसक्नुको प्रमुख कारण राजनीतिक संक्रमण भएको उनको भनाई थियो । महराले राजनीतिक संक्रमणकै कारण पार्टीहरुको वीचको विवाद मिलाउनको लागि आफूले पनि धेरै समय खर्चिएको दाबी गरे ।

दाङ् संभावना बोकेको जिल्ला भएको उल्लेख गर्दै उक्त क्षेत्रको विकासको लागि आन्तरिक सिर्चाइ र खानेपानीको व्यवस्था गर्ने, आधुनिक कृषि उत्पादनमा ध्यान दिने, यातायताको पनि स्तरोन्नती गर्ने, रारा र लुम्बिनी जोड्ने आफ्नो योजना सुनाए । उनले थपे,“सबै ईन्टरकनेक्शनहरुको बढावा संभव छ । यहीबाट विकास हुन्छ ।”



प्रतिक्रिया दिनुहोस्

Screenshot