Logo

“शेरबहादुरजी हुनुहुन्छ, रामचन्द्र हुनुहुन्छ, तब पो म छु” डा. शशांक कोइराला



१५ मंसिर, काठमाण्डौ । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले संविधान निर्मार्णपछि जनताले विकास निर्माणको अपेक्षा गरेको बताएका छन् । विकास निर्माणका लागि जनताले कांग्रेसको नेतृत्व चाहेको बताएका छन् ।

विगतमा कांग्रेस नेतृत्वको सरकार बन्दा देश विकास हुन नसकेको प्रसंग पत्रकार ऋषि धमलाले कोट्याएपछि कोइरालाले त्यसको खण्डन गर्दै उदाहरण नै पेश गरे ।

पछिल्लो २५ वर्षमा भएका सबै प्रगति नेपाली कांग्रेले नै गरेको कोइरालाको दाबी छ । ८ हजार किलोमिटर सडक विस्तार भएर अहिले ८१ हजार किलोमिटरमा पुगेको तथ्य उनले पेश गरे । त्यसैगरी एउटा मात्र विश्वविद्यालय भएको अवस्थामा अहिले १० वटा पुग्नु पनि कांग्रेसकै सरकारको देन भएको कोइरालाले बताए ।

“एउटा मेडिकल कलेज थियो । अहिले २० वटा मेडिकल केलज छ । कसले ग¥यो ? नेपाली कांग्रेसले । दूरसंचार क्षेत्रमा यत्रो परिवर्तन आयो ।” कोइरालाले भने । “अब हामी वार्षिक एक मिलियनको हाराहारीमा टुरिष्ट भित्र्याउँदै छौँ । ”

धमलाले प्रश्न गरे, जसरी विकास हुनुपथ्र्यो त्यसरी भएन नि ?
“विकास किन हुन सकेन भने ४८ सालेदेखि ५१ सालसम्मको परिवर्तन गोल्डेन एरा थियो । तर मार्केट इकोनोमि भित्रिदै थियो । द्धन्द्ध सुरु भयो ।” कोइरालाले भने ।

१२ वर्षसम्म भएको जनयुद्धले देश विकासमा बाधा पु¥याएको कोइरालाको तर्क छ । युद्ध सकिएपछि संविधान निर्माणका क्रममा वर्षौँसम्म अल्झिनुपर्दा विकासका मुद्दा पछाडि परेको उनले बताए ।

४८ सालेदखि ५१ सालसम्म विकासले गति लिएपनि त्यसपछि अवरुद्ध भएको उनको भनाई थियो । अब त्यस्ता अवरोध नहुने भन्दै कोइरालाले देश विकासका लागि कांग्रेसले नै नेतृत्व लिने बताए ।

अबको पाँच वर्षभित्र देशमा धेरै परिवर्तन ल्याउने कांग्रेसको योजना रहेको कोइरालाले सुनाए ।
एमाले–माओवादीले बहुमत ल्याएर सरकार बनाउने तयारी गर्दैछन्, तपाईहरुले के गर्नुहुन्छ ? धमलाले प्रश्न थपेपछि कोइरालाले चुनावमा सबैभन्दा ठूलो दल नेपाली कांग्रेस नै हुने दाबी गरे ।

“म देशभरका साथीभाइसँग सम्पर्कमा छु । कांग्रेसको पक्षमा जनलहर आइरहेको सुचना आएको छ ।” कोइरालाले भने ।
नवलपरासीमा आफ्नो जित सुनिश्चित भएको उनको भनाई छ । चुनाव जितेपछि आफू प्रधानमन्त्री बन्ने बाटो खुल्ने उनले बताए । यद्यपी सभापति शेरबहादुर

देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायत धेरै सिनियर नेताहरु भएकाले आफू नै प्रधानमन्त्रीको एक्लो दाबेदार नभएको उनले प्रष्ट पारे ।
राजनीति गरेकै सत्ताको नेतृत्वका लागि भएको अर्थ लगाउँदै कोइरालाले निर्णायक भूमिकामा पुग्ने चाहना सबैमा हुने बताए । पार्टीको प्रक्रियाअनुसार को

प्रधानमन्त्री बन्ने भन्ने टुङ्गो लगाइने उनले बताएका छन् ।

चुनावपछि शशांक कोइराला संसदीय दलको नेता बन्ने हो ? सिधा प्रश्नको सिधा जवाफ दिनुस् है, धमलाको प्रश्न थियो । कोइरालले भने सिधा प्रश्न भए पनि सिधा जवाफ हुन नसक्ने बताए ।
“शेरबहादुरजी हुनुहुन्छ, रामचन्द्र हुनुहुन्छ, तब पो म छु ।” उनले आफू तेस्रो बरियातामा रहेको स्पष्ट पारे ।

शेरबहादुर पाँच पटक प्रधानमन्त्री भइसक्नुभयो, अझै प्रधानमन्त्री बनाउनुहुन्छ भनेर धमलाले प्रश्न गरेपछि कोइरालाले यस विषयमा देउवा आफैले सोच्नुपर्ने बताए । गिरिजाप्रसादले कृष्णप्रसादलाई नेतृत्व दिएजस्तै देउवाले पनि बाटो खुला गर्नुपर्ने आशय कोइरालाले व्यक्त गरे ।

पार्टीभित्रको गुटलाई अन्त्य गरेर सहमतिका आधारमा अघि बढ्ने उनको भनाई थियो ।
यसपटकको चुनावमा प्रतिनिधिसभातर्फ ७० देखि ८० सिटसम्म कांग्रेसले जित्ने कोइरालाको आँकलन छ । वाम गठबन्धनले साम्यवाद ल्याउने हल्ला चलाएकाले जनताले कांग्रेसलाई मतदान गर्ने कोरालाको दाबी छ । एमाले–माओवादी एक हुन कांग्रेसका लागि वरदान भएकोसमेत कोइरालाले बताए ।
हिन्दु राष्ट्र खै त भनेर धमलाले प्रश्न गर्दा कोइरालाको जवाफ यस्तो थियो, “त्यो त हामी जनमत संग्रह गछौँ । यस विषयमा मेरो अडान कायमै छ ।”



प्रतिक्रिया दिनुहोस्

Screenshot