Logo

कांग्रेसमाथिको आरोपको खण्डन यसरी गरे डा. शशांक कोइरालाले



१५ मंसिर, काठमाण्डौ । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले संविधान निर्मार्णपछि जनताले विकास निर्माणको अपेक्षा गरेको बताएका छन् । विकास निर्माणका लागि जनताले कांग्रेसको नेतृत्व चाहेको बताएका छन् ।
विगतमा कांग्रेस नेतृत्वको सरकार बन्दा देश विकास हुन नसकेको प्रसंग पत्रकार ऋषि धमलाले कोट्याएपछि कोइरालाले त्यसको खण्डन गर्दै उदाहरण नै पेश गरे ।
पछिल्लो २५ वर्षमा भएका सबै प्रगति नेपाली कांग्रेले नै गरेको कोइरालाको दाबी छ । ८ हजार किलोमिटर सडक विस्तार भएर अहिले ८१ हजार किलोमिटरमा पुगेको तथ्य उनले पेश गरे । त्यसैगरी एउटा मात्र विश्वविद्यालय भएको अवस्थामा अहिले १० वटा पुग्नु पनि कांग्रेसकै सरकारको देन भएको कोइरालाले बताए ।

“एउटा मेडिकल कलेज थियो । अहिले २० वटा मेडिकल केलज छ । कसले ग¥यो ? नेपाली कांग्रेसले । दूरसंचार क्षेत्रमा यत्रो परिवर्तन आयो ।” कोइरालाले भने । “अब हामी वार्षिक एक मिलियनको हाराहारीमा टुरिष्ट भित्र्याउँदै छौँ । ”

धमलाले प्रश्न गरे, जसरी विकास हुनुपथ्र्यो त्यसरी भएन नि ?
“विकास किन हुन सकेन भने ४८ सालेदेखि ५१ सालसम्मको परिवर्तन गोल्डेन एरा थियो । तर मार्केट इकोनोमि भित्रिदै थियो । द्धन्द्ध सुरु भयो ।” कोइरालाले भने ।

१२ वर्षसम्म भएको जनयुद्धले देश विकासमा बाधा पु¥याएको कोइरालाको तर्क छ । युद्ध सकिएपछि संविधान निर्माणका क्रममा वर्षौँसम्म अल्झिनुपर्दा विकासका मुद्दा पछाडि परेको उनले बताए ।

४८ सालेदखि ५१ सालसम्म विकासले गति लिएपनि त्यसपछि अवरुद्ध भएको उनको भनाई थियो । अब त्यस्ता अवरोध नहुने भन्दै कोइरालाले देश विकासका लागि कांग्रेसले नै नेतृत्व लिने बताए ।

अबको पाँच वर्षभित्र देशमा धेरै परिवर्तन ल्याउने कांग्रेसको योजना रहेको कोइरालाले सुनाए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot