Logo

बाँके क्षेत्र नम्बर २ मा दुवै गठबन्धनका उम्मेद्धवारहरुवीच आरोपप्रत्यारोप, यस्ता छन चुनावी एजेण्डाहरु



बाँके, १५ मंसिर । बाँके निर्वाचन क्षेत्र नं २ का प्रतिनिधिसभा उम्मेदवारहरुले आ आफ्नो विजयी सुनिश्चित भएको दाबी गरेका छन् ।

प्रतिनिधिसभाका लागि लोकतान्त्रिक गठबन्धनका तर्फबाट राष्ट्रिय प्रजातन्त्र पार्टीका ओमप्रकाश आजाद चुनावी मैदानमा छन भने वाम गठबन्धनका तर्फबाट स्वतन्त्र उम्मेदवार पशुपतिदयाल मिश्रा मैदानमा छ ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष चुनावी साक्षात्कारमा बोल्दै उनीहरुले आफ्नो गठबन्धनले नै उक्त क्षेत्रमा चुनावी बाजी मार्ने दाबी गरेका हुन् । दुवै गठबन्धनका उम्मेदवारले नेपालगञ्जलाई प्रदेश नं ५ को राजधानी बनाउने, सुविधा सम्पन्न सहरका रुपमा विकास गर्ने, पर्यटन र उद्योगको हब बनाउने, नेपालगञ्ज विमानस्थललाई अन्तर्रा्ष्ट्रिय विमानस्थल बनाउनेलगायतका बाचा गर्दै घरदैलो अभियानलाई तीव्र बनाएका छन् ।

लोकतान्त्रिक गठबन्धनका प्रतिनिधिसभाका उम्मेदवार आजादले नेपालगञ्जलाई प्रदेशको राजधानी बनाउने, नेपालगञ्ज विश्वविद्यालय स्थापना गर्ने, नेपालगन्ज विमानस्थललाई अन्तर्रा्ष्ट्रिय विमानस्थल बनाउने र अन्तर्रा्ष्ट्रियस्तरको सभागृह बनाउने मुख्य प्राथमिक एजेण्डा भएको बताए । पूरै क्षेत्रलाई सेवा पुरयाईरहेको छ, सम्पूर्ण सेवाहरु प्रवाह गर्ने हेडक्वार्टरु ब्नाउने हो ।

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले भने,“म निर्वा्चित भएपछि व्यवस्थित समृद्ध र सफासुग्घर सहरका रुपमा नेपालगञ्जको पहिचान बनाउने छु, डुडुवा गाउँपालिकाको समस्या समाधान गर्न तटबन्ध निर्माण, वृद्धभत्ता वृद्धि र उमेर हद घटाउने, पिछडिएको जाति र समुदायको रोजगार तथा आयआर्जनका लागि विशेष प्याकेज कार्यक्रम ल्याउनेछु ।”

जनताले विजयी गराए आफूले उक्त शहरलाई समृद्ध बनाएर त्यहाँका जनता र क्षेत्रका लागि धेरै काम गर्ने उनको प्रतिबद्धता थियो । खानेपानी, शिक्षा, रोजगारी, बाटो, भौतिक पूर्वाधार विकास, विद्युत, सार्वजनिक शौचालय आदि यस क्षेत्रका मतदाताको मुख्य माग रहेको उनले जनाए । उनले थपे,“नेपालगञ्ज बाँकेको मात्र होइन मध्यपश्चिमकै प्रमुख सहर हो, यसलाई आर्थिक रुपमा सम्पन्न गर्नु हाम्रो दायित्व हो।”

त्यस्तै वाम गठबन्धन तर्फका उम्मेदवार मिश्रले विकास र समृद्धि नै आफ्नो मुख्य चुनावी एजेण्डा भएको बताए । उनी भन्छन,“नेपालगन्जलाई पर्यटनको हब बनाउने मेरो लक्ष्य छ, अहिले पनि यो मानसरोवरको प्रवेशद्वारका रुपमा रहेको छ । अन्तर्रा्ष्ट्रिय विमानस्थल बनाएर भारतबाट सिधै उडान गर्न सके ठूलो मात्रामा पर्यटक भित्र्याई यसै क्षेत्रबाट समृद्धि सम्भव छ ।

उनले नेपालगन्ज संभावना भएको ठाउँ बताउँदै भने,“तर यहाँ विकास हुन सकेन, यसको प्रमुख कारण भनेको नै कांग्रेसका नेताहरुका कारण विकास भएन। संभावना बोकेको जिल्ला हो, पर्यटनको विकास हुन्छ । शिक्षाको क्षेत्रको त्यस्तै, विश्वविद्यालय बनाउन सकिएन, औद्योगीक नगरी हो, नेपालगन्जले तीन वटा प्रदेशको आपुर्ति गर्छ, विकास भएन, अब यसलाई समृद्ध बनाउनुपर्छ, मेरो ध्यान यतातिर छ।”

नेपालगञ्ज विश्वविद्यालय, प्राविधिक शिक्षा, भेरी अञ्चल अस्पताललाई सरकारी मेडिकल कलेजका रुपमा परिणत गर्ने, जडीबुटी र चिनी उद्योगबाट किसानको उत्थान गर्ने उनको चुनावी वाचा छ । पूर्व प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति स्व सुशील कोइरालाले २०७० सालको संविधानसभाको निर्वाचनमा यसै क्षेत्रबाट विजय हासिल गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot