Logo

कांग्रेस उम्मेदवार प्रदिप पौडेलको घरमा बम प्रहार, जित पक्का भएकापछि विपक्षीले आक्रमण गरेको आशंका



१७ मंसिर, तनहुँ । आज बिहान ४.४० मा नेपाली काङ्ग्रेस तनहुँ क्षेत्र न २(क) उमेदवार एबं नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य प्रदिप पौडेल दाइको तनहुँ गणपते स्थित निजि निवासमा बम प्रहार भएको छ ।

बम प्रहारका कारण पौडेलको घरमा क्षेति पुगेको छ । मानवीय क्षति भने नभएको बताइएको छ । प्रदीप पौडेलले चुनाव जित्ने निश्चित जस्तै देखिएपछि विपक्षीले आक्रमण गरेको आशंका गरिएको छ । यद्यपी कसले बम प्रहार ग¥यो भन्ने पुष्टी भइसकेको छैन ।

प्रहरीले विष्फोट गराउनेको खोजी भइरहेको र घटनाको अनुसन्धान जारी रहेको जनाएको छ ।

गएराति प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित निवास नजिक र ललितपुरको कुपण्डोलस्थित युएन पार्कमा पनि बम विष्फोट भएको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot