Logo

ठूला दलप्रति जनताको भरोसा छैन, मेरा सभाहरु विथोल्न खोज्नुले मेरो जित सुनिश्चित् भैसक्यो : स्वतन्त्र उम्मेद्धवार गिता राणा



कैलाली, १६ मंसिर । कैलाली क्षेत्र नम्बर ४ का लागि स्वतन्त्र उम्मेद्धवार बनेकी गीता राणाले आफ्नो पक्षमा व्यापक जनलहर देखिएको भन्दै आफू जित्नेमा ढुक्क रहेको बताएकी छिन् ।

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष चुनावी साक्षात्कारमा बोल्दै नेतृ राणाले यस्तो बताएकी हुन् । देशमा विज्ञहरुको आवश्यकत्ता रहेको बताउँदै आफू उक्त उद्देश्यप्राप्तिको लागि यहाँबाट उम्मेद्धवारी दिएको उनले जनाईन् ।

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले कैलालीका जनताले विकास र समृद्धि चाहेको धारणा राखिन् । उनले भनिन्,“आजसम्म पनि खानेपानीको समस्याहरु छन्, बाटोघाटोहरुका समस्या छन् । जनतासँग जोडिएका समस्याहरु छन्, सिचाई, मल, खाद्यको समस्या छ, कटानको समस्या छ । यी सबै समस्याहरु किन यतिका दिनसम्मपनि हल भएनन् त? मेरो प्रश्न यहाँनिर छ, अहिले आएर स्वतन्त्र रुपमा उम्मेद्धवारी दिनुको कारण पनि मैले ठूला दलको अध्ययन गरें, उनीहरुको नीति ठिक छैन ।”

देशका पेशागत संगठनहरुलाई समेत स्वतन्त्र रुपमा छोड्नुपर्ने उनको भनाई थियो । उनले भने,“ठूला दलहरुले युनियनहरुलाई स्वतन्त्र बनाउन सकेनन्, कार्यकर्ता नै बनाए । पेशागत संगठनहरुलाई स्वतन्त्र बनाउनुपर्छ, पार्टीका कार्यकर्ताहरु बनाउनुहुन्न ।

लोकतन्त्रको नाममा जे गर्नपनि पाईदैन नि, कार्यकर्ताहरु बनाउँदा भावी पुस्ता खोई त ? सञ्चारमाध्यम स्वतन्त्र छन त ?”

त्यस्तै उनले पेशागत संगठनहरुलाई स्वतन्त्र बनाउनुपर्नेमा सबैले विशेष ध्यान दिनुपर्नेमा जोड दिए । उनले भने,“भएका संगठनहरुलाई काम गर्न दिनुपर्छ । तर दलको राजनीतिकबाट टाढा राख्नुपर्छ, स्वतन्त्र उम्मेद्धवारी दिएकी हुँ । लोकतन्त्र भनेको अवसर हो, विकल्प हो, विचार हो। चुनाव जित्न गाहो छैन । अबका दिनमा जनताले नेता खोज्दैनन्, प्रतिनिधिहरु खोज्छन् । स्वतन्त्र उम्मेद्धवारका पछि जनताहरु छन् ।”

पार्टी खोलेर उम्मेद्धवारी दिएको भए त हुन्थ्यो नि ? भनेर पत्रकार धमलाले सोधेको एक प्रश्नमा उनले भनिन्,“पार्टीहरु विलय हुने क्रम चलिरहेको छ, फोरम लोकतान्त्रिकलाई पूर्नगठित गरेर जान सकिन्थ्यो, तर समय भएन । स्वतन्त्र रुपमा पनि जाने, कानुन र ऐन बनाउने हो ।”

आफू अहिल्यै नै चुनाव जित्छु भनेर घोषणा गर्ने पक्षमा नरहेको बताउँदै राणाले थपिन्,“निर्वाचनको परिणामले देखाउँछ । सुरुका सुरुका दिनमा यहाँका दलका नेता तथा कार्यकर्ताहरुबाट मेरो चुनावी कार्यक्रमहरु विथोल्ने काम भैरहेको छ, कमजोर मानसिकता देखिएको छ । मेरो जित्ने आधार हो।”

उनले आफू स्वतन्त्र उम्मेद्धवार भएपनि वाम र लोकतान्त्रिक दुवै गठबन्धनका उम्मेद्धवारहरुलाईृ हराउन सक्ने दाबी गरिन । उनले भनिन्,“आजको दिनसम्म आउँदा मैले एक सय २० ठाउँमा भेला गरें, यी भेलाहरु जनताले नै गरेका छन् । प्रत्यक्षतर्फ प्रतिनिधि खोजिरहेका छन् । प्रत्यक्ष र समानुपातिक राख्नुको कारण भनेको नै एउटा प्रतिनिधि छान्ने र अर्को पार्टी चयन गर्ने हो।” गिता राणाको पछाडि धेरै जनताहरु रहेको पनि उनको भनाई थियो । उनले थपे,“अब त पार्टी खोल्नुपर्ने आवश्यकत्ता भैसक्यो, म पार्टी खोल्छु ।”

उनका अनुसार जनताले खानेपानी चाहिरहेका छन् । त्यस्तै, औषधी उपचारहरु माँगेका छन् । उनले थपिन्,“अब क्षेत्र नम्बर चारका जनताले भावी पुस्ताको लागि शिक्षा चाहियो भनेका छन्, जनता अगाडि आईसकेका छन् । जीवन उपयोगी शिक्षा कसरी दिने भन्ने दायित्व म पूरा गर्छु । अहिलेको लागि के त ?”

राणाले जनताहरुमा अहिले ठूला दलहरुप्रति कुनै भरोसा नभएको समेत जिकिर गरिन् । उनले थपिन्,“ठूला दलहरुले भावी पुस्ता तयार गरिदिएन। चुनाव अहिले धेरै महँगो भएर गएको छ ।”



प्रतिक्रिया दिनुहोस्