Logo

सुस्त मनस्थितीका बालबालिकालाई अपाङ्घ परिचयपत्र



सरिता राई : भोजपुर, १७ मंसिर । २६ औं अन्र्तराष्ट्रिय अपाङ्गता दिवशको अवशरमा यसोधरा मावि भोजपुरमा अध्यनरत सुस्त मनस्थिती स्रोत कक्षाका बालबालिकालाई अपाङ्घता परिचयपत्र वितरण गरिएको छ ।

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्र्तगत आज महिला तथा बालबालिका कार्यलय भोजपुरले भिन्न क्षमता भएका ११ बालबालिकालाई विद्यालयमै परिचयपत्र वितरण गरेको कार्यलयका कर्मचारी रिता घलेले जानकारी दिनुभयो ।

१६ दिने अभियानकै सन्र्दभमा आजै बिहान सामुदायिक सेवा केन्द्र भोजपुर र जिल्ला प्रहरी कार्यलय भोजपुरले सामुहिक रुपमा जिल्ला अस्पतालका १३ जना, सिद्धकाली अस्पतालका १ जना बिरामी र महिला कैदीबन्दी ६ जनालाई फलफुल वितरण समेत गरेको केन्द्रकी अध्यक्ष लिलामाया तामाङ्घले बताउनुभयो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot