Logo

महिलाको नेतृत्व विकासमा अहम् भुमिका खेल्दै निर्मला क्षत्री



नेत्र मरासिनी : अर्घाखाँची मंसिर १७ । जबसम्म घरको बिकास हुन सक्दैन तब सम्म देशको बिकास सम्भब छैन । यो मान्यता सर्वमान्य रहेको छ । देश विकास गर्न पहिला महिलाको विकास गर्नु अपरीहार्य हुन्छ । कुनै बेला महिला शक्तिस्वरुपा देवीको रुप लिएर जन्मीन्छन्,कुनै बेला विद्याकि धनी सरस्वती ।

पुरुष प्रधान देश नेपालमा महिला अघी बढ्नु,राजनैतीक नेतृत्व लीनु अपवादको रुपमा रहेको छ । तर यस्तै अवस्थालाई चीर्दै अर्घाखाँची जिल्लामा महिलाको नेतृत्व गर्दै नेतृ निर्मला क्षेत्री राजनैतीक धरातलमा आफ्नो पहिचानको लागी एक कदम अघाडी बढ्दै छिन् ।

मध्यम परीवारमा जन्मिएकि निर्मला क्षेत्री जव सामाजिक क्षेत्रमा प्रवेश गरीन् तव मात्र उनलाई थाहा भयो समाजीक विकासले मात्र राष्ट््रको विकास सम्भब छ भन्ने ।
सामाजिक क्षेत्रको विकासका निम्ति सदैब सक्रिय रहने निर्मला क्षेत्रीले कुनै समय राजनैतीक पार्टी नभनी आफ्नो कार्य निरन्तर गरीरहेको कुरा सबैमा जानकारीनै छ ।

विषेशगरी महिलाकै विकास पहिलो प्राथमिकतामा राख्ने नेतृ क्षेत्री महिला शसक्तिकरण र आर्थिक विकासको सवालमा कहिलै सौतावाजी गरीनन् । महिला शसक्तिकरणको सवाललाई देशैभर फैलाउने शिलसिलामा अर्घाखाँची उनकालागी कुनै नौलो जिल्ला रहेन, अर्घाखाँचीका सबै क्षेत्रमा आफ्ना गतीबिधि पुर्याउने क्रममा सबैभन्दा दुर्गम मानिने सिद्धारा गाविसमा उनको नजर पुग्यो, जहा चुनौती संगै अवसर पनी रहेको थियो ।

जिल्लामै कर्णाली भनेर चिनिने सिद्धारामा काम गर्न निर्मलालाइ त्यती सहज थिएन तरपनी उनको अदम्य शाहस र अनबरत मेहनतले असहजता लाइ सफलता पुर्याएको छ ।
हेफर इन्टरनेश्नल नेपालको सहयोगमा नेपाल चेतना केन्द्र द्धारा सञ्चालित बाख्रा विकास परीयोजना मार्फत सिद्धारामा प्रवेश गरेकी निर्मला विगत ३ बर्ष पश्चात महिला शसक्तिकरण र आर्थिक समृद्धिको पाटोलाई निकै सवल र सक्षम बनाउन सफल बनेकीछिन् ।

राज्यकै उपस्थिति न्यून रहेको सो क्षेत्रमा कामगर्न कठिनायी हुदाहुदै पनी अठोटका साथ आफ्नो कार्यलाई निरन्तर अघाडि बढाईरहेकि क्षेत्री धेरै हदसम्म सफल बनिसकेकि छन् ।
नेपाली कांग्रेस प्रदेशसभा समानुपातीक उमेद्वार समेत रहेकी निर्मला क्षेत्री समग्र सिद्धारा वासीका निम्ति प्रेणाको स्रोत बन्न सफल भएकि छन् । हिजोका दिनमा शसक्तिकरणको कुरा बोल्ने निर्मला आज प्रदेशसभा समानुपातीक उमेद्वार बनेकोमा सिद्धारावासीमा निकै खुसी छाएको छ । प्रकोप पिडितका लागी राहात,उज्यालोका लागी सोलार लगायत धेरै काम गर्दै सिद्धारा वासिको सुखदुखमा विगत ३ बर्षदेखी साथ दिदै आएकि उनले स्थानियको मन जित्न सफल भएकिछन् ।

जागृती कृषि तथा पशुविकास महिला सहकारी सस्थाद्धारा सिद्धारा बहखोरमा आयोजित उपहार प्रदान कार्यक्रममा आफ्ना भनाइहरु राख्दै गर्दा सिद्धारावासी जनताका आँखा रसाएका थिए । त्यस क्षेत्रको विकासका निम्ति उनले गरेको योगदान र मेहनतका कुरा गरीरहदा कार्यक्रममा सहभागी कसैको आँखा ओभानो रहेन । विकासका हिसावले निकै पछाडी रहेको साविकको सिद्धारा गाविसमा मानिसको जिवनशैली परीवर्तन गर्दै आर्थिक शमृद्धितर्फ उन्मुख बनाउनु निकै चुनौतीपुर्ण रहेको थियो । चुनौतीलाई अवसरमा बदल्दै अघि बढेमा मात्र सफलता प्राप्त गर्न सकिन्छ भन्ने भनाइ उनकालागी चरीतार्थ बनेको छ ।

बिगतका दिनमा अत्यन्तै न्यून आयस्तर भएका, शैक्षिक रुपमा पछाडी पारीएका त्यहाका महिलामा चेतनाको विकास साथै आर्थिक उन्नतिका लागी बाख्रा विकास परियोजना कोषेढुड्डा सावित भएको छ । परीयोजना बाट पाएको ज्ञान,सिप तथा बस्तुलाई भरपुर सदुपयोग गर्दै स्थानिय उन्नति तर्फ लम्कीरहेका छन् । कृषि तथा पशुपालनलाइ व्यबस्थित पार्दै सहकारीका माध्यमबाट उत्पादीत वस्तुको बजारीकरण गर्ने लक्ष्य सहित सञ्चालन भएको सो परीयोजनाले त्यस क्षेत्रका सम्पुर्ण घरधुरीलाइ समेटी कार्य गरीरहेको छ ।



प्रतिक्रिया दिनुहोस्