Logo

मधेशीको अधिकारका लागि संविधान संशोधन आवश्यक : यादव



राजविराज, १७ मंसिर : संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशी जनताको अधिकारका लागि संविधान संशोधन आवश्यक रहेको बताउनुभएको छ ।

सप्तरीको राजविराज– ९ स्थित मलेठमा आज कार्यकर्तासँगको भेटघाटका क्रममा उहाँले यस्तो बताउनुभएको हो ।

विभेद, असमानता, भेदभाव, उपेक्षालाई अन्त्य गर्न आर्थिक परिवर्तन मुलुकका लागि खाँचो रहेको भन्दै आधिकार, उन्नति, विकासबाट गरिबी, बेरोजगारी अभावग्रस्त जीवनबाट मुक्त पाउनका लागि अहिलेको निर्वाचनमा मधेशी जनताले मतदान गर्नुपर्ने बताउनुभयो ।

उहाँले सप्तरी जिल्ला ५०औँ वर्षदेखि पछाडि परेकाले यसलाई अगाडि बढेको आफूले देख्न चाहेको बताउनुभयो । सप्तरी क्षेत्र नं २ बाट अध्यक्ष यादव प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार हुनुहुन्छ । (रासस)



प्रतिक्रिया दिनुहोस्