Logo

मौन अवधिमा पैसा बाँड्ने रणनीतिमा ठूला दलका शीर्ष नेताहरु, जित्ने सम्भावना भएका उम्मेदवारलाई पार्टीले पैसा दिने



१७ मंसिर, काठमाण्डौ । मंसिर २१ गते हुने चुनावका लागि भोट माग्ने अवधी अब एक दिन मात्रै बाँकी छ । उम्मेदवाहरु जनमत आफ्नो पक्षमा पार्न अन्तिम कसरत गरिरहेका छन् ।

दलका नेतृत्वकर्ताहरु भने कुन उम्मेदवारलाई जिताउन कति पैसा बाँड्नुपर्छ भनेर हिसाबकिताब गरिरहेका छन् । मौन अवधि सुरु हुन एक दिन मात्र बाँकी रहेकाले उम्मेदवारहरु घरदैलोमा व्यस्त भए पनि शीर्ष नेताहरु भने उम्मेदवारलाई पैसाको जोहो गर्न लागेका हुन्

मौन अवधिभर मतदातालाई पैसा बाँडेर भए पनि चुनाव जित्नुपर्ने रणनीतिमा नेताहरु रहेको देखिन्छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल आफ्नो दलका उम्मेदवारलाई जसरी पनि जिताउनुपर्ने भन्दै पैसा बाँडन कस्सिएका हुन् । जित सुनिश्चित भएका र जति प्रयास गरे पनि हार्ने उम्मेदवारबाहेकका उम्मेदवारलाई पैसा बाँड्न लागिएको हो ।

राप्रपा अध्यक्ष कमल थापा, संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, रापा अध्यक्ष महन्थ ठाकुर र राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमशेर जबरा पनि पैसा बाँड्ने तरखरमा रहेको बताइएको छ ।

आफै पैसा बाँड्न सक्ने उम्मेदवारलाई आवश्यकता अनुसार मतदाताको घरघरमा पुग्नसमेत शीर्ष नेताहरुले निर्देशन दिएका छन् ।

चुनाव जित्ने सम्भावना भएका तर आफैँ खर्च गर्न नसक्ने उम्मेदवारलाई भने पार्टीका तर्फबाट पैसाको व्यवस्था गर्न लागिएको हो ।
भोली बेलुकासम्मसबै उम्मेदवारलाई पैसा पठाउन लागिएको छ । १० लाखदेखि ५० लाख रुपैयाँसम्म एकजना उम्मेदवारलाई पैसा दिने अनुमान गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot