Logo

युवा केन्द्रित कार्यक्रम ल्याइने : लालबाबु पण्डित



विराटनगर, १८ मंसिर :  नेकपा (एमाले)का मोरङ क्षेत्र नं ६ का प्रतिनिधिसभा उम्मेदवार एवं पोलिटब्यूरो सदस्य लालबाबु पण्डितले विराटनगरको वृहत्तर विकास गरी युवालाई रोजगारी उपलब्ध गराउने बताउनुभएको छ ।

विराटनगर महानगरपालिका–९ मा आज आयोजित घरदैलो अभियानमा उहाँले अब बन्ने वाम गठबन्धन सरकारले युवालाई उनीहरुको क्षमताअनुसार रोजगारी उपलब्ध गराउने विश्वास दिलाउनुभयो ।

नेता पण्डितले सामाजिक सुरक्षाको भत्ताको रकममा वृद्धि गरी रु पाँच हजार पु¥याउने दृढता व्यक्त गर्नुभयो । सो अवसरमा प्रदेश ६(२) का एमालेका उम्मेदवार रमेशप्रसाद पोखरेलले प्रदेश नं १ को राजधानी विराटनगरलाई बनाउने बताउनुभयो ।

घरदैलो अभियानमा स्थानीय जनताले बाटोको समस्या, खानेपानी, रोजगारी आदि समस्या नेता पण्डित र पोखरेललाई अवगत गराएका थिए । (रासस)



प्रतिक्रिया दिनुहोस्

Screenshot