Logo

तनहुँमा नेपाली कांग्रेसको शक्ति प्रदर्शन, दुवै क्षेत्रमा कांग्रेसले जित्ने दाबी



-कमलमणि पोख्रेल

१८ मंसिर, तनहुँ । तनहुँ जिल्लामा सोमबार नेपाली कांग्रेसले अन्तिम चुनावी सभा सम्पन्न गरेको छ । सभालाई सम्बोधन गर्दै कांग्रेसका वरिष्ठ नेतासमेत रहेका तनहुँ क्षेत्र नम्बर १ का उम्मेदवार पौडेलले वाम गठबन्धनका नाममा अधिनायकवाद लाद्न खोजिए पनि त्यसलाई कांग्रेसले रोक्ने बताए । विगतमा माओवादीलाई शान्ति प्रक्रियामा ल्याउनेदेखि एमालेलाई लोकतान्त्रिक बाटोमा हिँडाउने पार्टी कांग्रेस भएको स्मरण गर्दै पौडेलले अबका दिनमा पनि देशको नेतृत्व कांग्रेसले गर्ने बताए ।
पौडेलले मुलुकलाई सम्बृद्ध बनाउनका लागि नेपाली जनताले यस पटक काग्रेसलाई जिताउनुपर्नेमा जोड दिएका थिए ।त्यस्तै यसपटक काग्रेसमा हारेमा मुलुकमा लोकतन्त्रको पराजय हुने समेत वरिष्ठ नेता पौडेलको भनार्ई रहेको थियो । सभालाई सम्बोधन गर्दे वरिष्ठ नेता पौडेललमा मुलुकमा अधिनायकवाद लाद्ने हिसाबले वाम गठबन्धन भएको हुँदा त्यसलाई परास्त गर्नका लागि पनि काग्रेसले चुनाव जित्नुपर्ने वरिष्ठ नेता पौडेलको भनाई रहेको थियो ।

सभामा बोल्दै काग्रेस महामन्त्री डा.शंशाक कोइरालाले यो मुलुकको जिम्मा काग्रेस बाहेक अन्य दलले लिन नसक्ने हुँदा काग्रेसले जसरी जनताले जिताउनुपर्नेमा जोड दिएका थिए । त्यस्तै काग्रेसले हारेमा लोकतन्त्र नै खतरामा पर्ने कोइरालाको भनाई रहेको थियो । त्यसैगगरी बोल्दै नेपाली काग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधी सभा क्षेत्र नं २ का उम्मेदवार शंकर भण्डारीले जनताले चाहेको बमोजिमको विकास दिने पार्टी नेपाली काग्रेस भएको हुँदा यसपटकको निर्वाचनमा काग्रेसलाई जिताउन आग्रह गरेका थिए ।

विगतमा एमालेले निर्वाचन जितेका क्षेत्रका जनता विकास नपाएर वाक्क भएको हुँदा यसपटक काग्रेसलाई भोट दिनेमा आफू विश्वस्त रहेको भण्डारीको भनाई रहेको थियो । त्यस्तै भण्डारी काग्रेस वरिष्ठ नेता पौडेल सिङगो मुलुकको नेता भएको हुँदा पौडेललाई अत्याधिक मतले विजयी गराउन समेत आग्रह गरेका थिए ।

चुनाव प्रचार प्रसार समितिका संयोजक अमराज कैनीको सभापतित्वमा भएको कार्यक्रममा उद्योगपति एवं काग्रेस नेता विनोद चौधरी , उम्मेदवारहरु गोविन्द भट्राई , प्रदीप पौडेल, धु्रव वाग्ले, समानुपातिक उम्मेदवार पूर्ण गुरुङ,झुलबहादुर आले ,नेपाली काग्रेस तनहुँका सभापति बैकुण्ठ न्यौपाने लगायतले बोलेका थिए ।
नेता पौडेलले तनहुँको विकासका लागि आफूले विगतमा पनि धेरै काम गरेको र आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिने विश्वास दिलाए ।
मौन अवधि सुरु हुनुअघि गरिएको सभामा करिब १५ हजार कांग्रेस कार्यकर्ताको सहभागिता रहेको तनहुँका स्थानीय नेता कृष्ण खनालले जानकारी दिए । रिपोर्टर्स क्लब डटकमसँग कुरा गर्दै खनालले तनहुँ क्षेत्र नम्बर १ दुईमा कांग्रेसका उम्मेदवारद्धय रामचन्द्र पौडेल र शंकर भण्डारीले चुनाव जित्ने दाबी गरे ।

तनहुँ कांग्रेसका कोषाध्यक्ष रेशम गुरुङले पनि पौडेलले ५ हजार मत अन्तरले प्रतिस्पर्धीलाई पराजित गर्ने दाबी गरेका छन् ।
पछिल्लो समय तनहुँका विभिन्न स्थानबाट अन्य दल त्यागी कांग्रेसमा प्रवेश गर्नेको संख्यासमेत उल्लेख्य रहेको छ ।
एमाले जिल्ला सदस्य विमला अधिकारी सहित ५० भन्दा बढी वाम गठबन्धनका कार्यकर्ता नेपाली काग्रेस प्रवेश गरेका छन् ।

काग्रेसद्धारा दमौलीमा आयोजना गरिएको चुनावी सभामा अधिकारी लगायत वाम गठबन्धनका कार्यकर्ता काग्रेसमा प्रवेश गरेका हुन् । नवप्रवेशीहरुलाई नेपाली काग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्य शंकर भण्डारी लगायतले पार्टी प्रवेश गराएका थिए ।

सोमबार मात्रै शुक्लागण्डकी नगरपालिकाको बेललचौताराबाट वाम गठबन्धन परित्याग गरी दुई सय भन्दा बढी युवा काग्रेस प्रवेश गरेका छन् ।
आज बेलचौतरामा आयोजित चुनावी प्रचार कार्यक्रममा वामगठबन्धनका कार्यकर्ताहरु नेपाली काग्रेस प्रवेश गरेका हुन् ।नवप्रवेशीहरुलाई काग्रेस केन्द्रीय सदस्य एवं प्रतिनिधी सभा उम्मेदवार शंकर भण्डारीले पार्टी प्रवेश गराएका थिए ।



प्रतिक्रिया दिनुहोस्