Logo

केन्द्रमामात्रै होईन, २ नम्बर प्रदेशमापनि हामी सरकार बनाउँछौं : मिश्र



ढुक्क हुनुहोस्, कांग्रेसले बहुमत ल्याउँछ : देवी तिमिल्सिना
रौतहट, १८ मंसिर । रौतहट क्षेत्र नम्बर ४ का लागि वाम गठबन्धनका तर्फबाट उम्मेद्धवार रहेका एमाले नेता डा. वंशिधर मिश्रले जनता वाम गठबन्धनको पक्षमा भएकोले यो निर्वाचनमा बहुमत ल्याउनबाट कसैले नरोक्ने बताएका छन् ।

सोमबार रिपोर्टर्स क्लब नेपालले गौरमा आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले थपे,‘हामीले शान्ति, स्थायित्व, विकास र समृद्धिको नारा दिएका छौं । क्रमशः यी नाराहरु पूरा गरेर लैजान्छौं ।’

क्लबका केन्द्रिय सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले मधेशमा मात्रै नभएर सिँगो मुलुकमा नै जति विकास भएका छन् ती सबै आफूहरुले नै गरेको दाबी समेत गरे । उनले भने,‘मधेशमा जे जति विकास भएका छन्, यी सबै हामीले नै गरेको हो । यो मुलकुमा वामपन्थीहरुको बहुमतको सरकार बन्न सकेन, जसका कारण जनताले भनेकोजस्तो विकास भएको थिएन, अब निर्वाचनपछि हामी बहुमतको सरकार बनाउँछौं।’

आफूहरु संविधान संशोधन नै गर्नुहुँदैन भन्ने पक्षमा नभएको भन्दै मिश्रले थपे,‘हामी संविधान संशोधन गर्न सक्छौं । वाम गठबन्धनको स्पष्ट रुपमा बहुमत आउँछ । २ नम्बर प्रदेशमा हामी सरकार बनाउँछौं । प्रतिनिधि सभामा हामी भारी मतले जित्छौं । २ नम्बर प्रदशेमा आरामदायी बहुमत आउँछ ।’

उनले अब बन्ने सरकारको नेतृत्व एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्नेपनि दाबी गरे । उनले थपे,‘सवाल केपी ओलीको होईन, देउवा प्रधानमन्त्रीजी निराशामा हुनुहुन्छ। उहाँले वाम गठबन्धनको बहुमत रौक्ने सक्नुहुन्न, जनताले बागडोर केपी शर्मा ओलीलाई सुम्पिँदैछन, ओलीमात्रै होईन प्रचण्ड पनि हुनुहुन्छ ।’

एमाले हिजोपनि मधेशविरोधी पार्टी नभएको र आजपनि नभएको उनको जिकिर थियो । उनले थपे,‘हामी सँधै मधेशी जनताको पक्षमा छौं । मधेशका हरेक समस्या समाधान गर्न लागिपर्ने पार्टी एमाले हो । यो क्षेत्रमा म चुनाव जित्छु । यहाँ १४ हजार मतले हामी अघि छौं ।’

नेपाली कांग्रेसबाट प्रतिनिधि सभाका लागि उम्मेद्धवार बनेका देवी तिमिल्सिनाले अबको निर्वाचनमा कांग्रेसले नै बहुमत ल्याउने दाबी गरेका छन् ।

उनले यस्तो दाबी गरेका हुन् । ‘अबको निर्वाचनमा कांग्रेसको बहुमत आउँ, मधेशबाट अब विमलेन्द्र निधि प्रधानमन्त्री बन्नुहून्छ । यसमा कुनै दुई मत छैन, मधेशमा मात्रै केन्द्रमा पनि कांग्रेसले नै सरकार बनाउँछ।’

तिमिल्सिनाले मधेश र मधेशी जनताको लागि लड्न सक्ने पार्टी नै कांग्रेसमात्रै भएको जिकिर गरे । उनले थपे,‘मधेश र मधेशीहरुको अधिकारको लागि हामी कहिल्यै पनि सम्झौता गर्दैनौं, यहाँको जनताको लागि कांग्रेसमात्रै भीड्न सक्छ, यहाँको विकास र समृद्धिको लागि हामी काम गर्छों । चुनाव हाम्रो पार्टीले जित्छ ।’

नेता तिमिल्सिनाले उक्त क्षेत्रमा यसअघि पत्रकार ऋषि धमला चुनाव लड्न आउने कुरा भएको भएपनि अन्त्यमा धमला नआएपछि आफू चुनाव लडेको सुनाए । उनले भने,‘अहिले नआएपनि पछि आउन सक्नुहुन्छ । मैले यो क्षेत्रमा ऋषि धमलालाई आउन आँफैले आग्रह गरेको थिएँ, तर उहाँ आउनुभएन अब म मैदानमा छु।’

त्यस्तै कार्यक्रममा संघीय समाजवादी फोरम नेपालका क्षेत्र नम्बर ३ प्रदेश सभा ख का उम्मेद्धवार वृजकिशोर प्रसाद यादवले ः कांग्रेस, एमाले र माओवादी सबै मधेश विरोधी पार्टी भएको आरोप लगाए ।

यादवले भने,‘यी ठूला तीन पार्टीहरुले मधेशको हित कहिल्यैपनि चाहँँदैनन् । मधेशमा राजपा र फोरमको सरकार बन्छ । देशमा विकास र समृद्धिको लागि दुई पार्टी साझा एजेण्डा लिएर जान्छौं ।’

त्यस्तै उक्त क्षेत्रका प्रदेश सभा ख का लागि कांग्रेसका उम्मेद्धवार रामनारायण प्रसाद यादव फोरम र राजपा क्षेत्रिय पार्टी हुन् । आरोप–प्रत्यारोप भयो । कार्यक्रम बन्द भयो ।



प्रतिक्रिया दिनुहोस्