Logo

सधैं चर्चामा चितवन



काठमाडौं १९ मंसिर । ०७४-जब चुनाव आउँछ तब चितवन जिल्लाको चर्चा सुरु हुन्छ । चुनावी मैदानमा हुने फेरबदल र चर्चित ब्यक्तिको उम्मेद्वारीका कारण चितवनको बहस बढी हुने गरेको छ । ०७० सालको संविधान सभा निर्वाचनताका चुलिएको चर्चा अहिले पनि उस्तै छ ।

तत्कालिन कांग्रेस सभापति सुशील कोइराला ०७० मा साविक क्षेत्र नम्बर ४ बाट चुनावी मैदानमा थिए । उनको बागी उम्मेद्वारका रुपमा कांग्रेसका पूर्व जिल्ला सभापति विकास कोइराला मैदानमा रुपमा उत्रिए । दुई कोइराला चुनावी मैदानमा प्रतिस्पर्धी बन्दा देशभर चितवनको चर्चा भयो ।

यस्तै चर्चा गत वैशाख अन्तिममा भएको स्थानीय तहको निर्वाचनमा पनि छायो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भरतपुर महानगरपालिकाको मेयरमा कांग्रेससँग तालमेल गरेर छोरी रेणुलाई अघि सारेसँगै सबैको ध्यान खिचियो । गणनाको क्रममा माओवादी।कार्यकर्ताले मतपत्र च्यातेसँगै भएको बिवादले चितवनलाई लामो समयसम्म चर्चामा राख्यो । रेणुका प्रतिस्पर्धी एमालेका देवी ज्ञवाली थिए ।

रेणु र देवीको प्रतिस्पर्धा आँकलन गरिएझैं कडा रह्यो । रेणु मेयरमा विजयी भइन ।

स्थानीय तह निर्वाचनमा जस्तै प्रतिनिधि सभा निर्वाचनमा फेरि चितवनको चर्चा छ र यसको केन्द्रविन्दुमा छन् – माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ।

स्थानीय तहको निर्वाचनमा कांग्रेससँग तालमेल गरी छोरी रेणुलाई भरतपुर महानगरपालिकाको मेयर चुन्न सफलता पाएका माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रतिनिधि सभा निर्वाचनमा भने एमालेसँग तालमेल गरी आफैं चितवन ओर्लिएका छन् ।

आफ्नो गृह जिल्लामा उनको यो पहिलो चुनावी लडार्इं हो । दाहाल चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यका लागि प्रतिस्पर्धा गरिरहेका छन् ।

चितवन चर्चाको पहिलो कारण दाहालको उम्मेदवारीसँगै उनका प्रतिस्पर्धी विक्रम पाण्डे पनि हुन् । किनकी पाण्डे देशमै नाम कहलिएका निर्माण व्यवसायी र यो क्षेत्रका परिचित पूर्व सांसद हुन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी ९प्रजातान्त्रिक० का केन्द्रिय उपाध्यक्ष एवं वन तथा भूसंरक्षण मन्त्री पाण्डेसँगको प्रतिस्पर्धा दाहालको लागि सहज हुने छैन् ।

चुनावी प्रचार जारी रहँदा छोरा प्रकाशको हृदयघातबाट निधन भएपछि शोकमा रहेका दाहाल जनता रिझाउन चुनावी दौडधुपमा छन् ।

दाहालको नेतृत्वमा तत्कालिन नेकपा माओवादीले सुरु गरेको शसस्त्र युद्धको क्रममा चितवनको बाँदरमुढेमा दुस्खद् घटना घटेको थियो ।

माओवादी कार्यकर्ताले माडीस्थित बाँदरमुढेमा थापेको विद्युतीय धरापमा सर्वसाधारण सवार बस पर्दा ४१ जनाको मृत्यु भएको थियो । यो घटना २०६२ जेठ २३ गते भएको हो ।

बाँदरमुढे घटनाले अहिले पनि माओवादी र यसका नेतृत्वकर्ता दाहाललाई पछ्याइरहेको छ ।

चितवन क्षेत्र नम्बर ३ मै पर्छ बाँदरमुढे ।

यसैकारण दाहालले बाँदरमुढे घटनाका पीडित स्थानीयबासीसँग कसरी मत माग्छन् भन्ने बिषयमा पनि चर्चामा रह्यो ।

दाहालको चुनावी गतिविधि पनि विशेषतस् माडी क्षेत्रमै केन्द्रित रह्यो । आइतबार मात्रै दाहालले बाँदरमुढे घटनाका पीडित परिवारसँग तीन बुँदे सहमति गर्दै मतका लागि माहोल बनाउने प्रयास गरे ।

योबाहेक दाहाल समृद्ध चितवनको नारा लिएर चुनावी अभियानमा छन् ।

दोश्रो पटक विजयी हुने आशामा रहेका पाण्डे आफूलाई स्थानीय जनताले

विकासप्रेमी नेताको रुपमा चिन्ने दाबी गर्छन् ।

चितवन ५ नम्बर क्षेत्रबाट ०७० सालको संविधान सभा निर्वाचनमा विजयी पाण्डे जीतलाई निरन्तरता दिने सुरमा छन् ।

राष्ट्रिय छवि भएका दाहाल र स्थानीय मतदाताबीच लोकप्रिय पाण्डेमध्ये कसले बाजी मार्ला रु अहिले चितवनमा हुने चुनावी चर्चाको मुख्य बिषय हो यो । उनीहरुको प्रतिस्पर्धा चितवनमा मात्रै नभई देशभर चर्चित छ ।

चितवन लोकतान्त्रिक आन्दोलनको आधारभूमि भएकाले सबैको ध्यान यता पर्ने गरेको राजनीतिशास्त्रका प्राध्यापक डा।यज्ञप्रसाद अधिकारी बताउँछन् ।

‘चितवन राजनितिको उर्बर भूमि हो, यहाँ चेतनशील जनता छन्,’ उनले भने,‘शीर्ष नेता आफु सुरक्षित र स्थापित हुन यहाँ आएर चुनाव लड्छन्, जसले गर्दा जिल्लाको चर्चा बढी हुन्छ ।’

क्षेत्र नम्बर ३ मा १ लाख २५ हजार ८ सय २३ मतदाता छन् ।

१ र २ मा पुरानै अनुहार

क्षेत्र नम्बर १ मा पुरानै अनुहार मैदानमा छन् । एमालेबाट पूर्व अर्थ मन्त्री सुरेन्द्र पाण्डे र कांग्रेसबाट राजेन्द्र बुर्लाकोटी मैदानमा छन् । पाण्डे जीतलाई निरन्तरता दिने दाउमा छन् भने बुर्लाकोटी एमाले किल्ला तोड्ने सुरमा छन् । दुबैलाई जनताको घरदैलोमा पुग्न भ्याइनभ्याइ छ । यो क्षेत्रमा राप्ती नगरपालिका, खैरहनी नगरपालिका र रत्नननगर नगरपालिका पर्छन । मतदाता संख्या १ लाख १९ हजार ९ सय ९८ रहेको छ ।

१ मा जस्तै २ पनि कांग्रेस र एमालेले पुरानै अनुहारलाई अघि सारेका छन् । साविकको २ बाट ०७० को निर्वाचनमा कांग्रेसबाट विजयी हालका शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारी र ३ बाट विजयी एमालेका जिल्ला अध्यक्ष कृष्णभक्त पोखरेल प्रतिस्पर्धामा छन् । दुबै जीतलाई निरन्तरता दिएर आफ्नो साख जोगाउने ध्याउन्नमा छन् । यो क्षेत्रमा पहाडी भेग बढी भएकाले गाउँ क्षेत्रमा घरदैलो गर्न दुवै उम्मेदवार सक्रिय छन् ।

०७० को संविधान सभा निर्वाचनमा अधिकारी क्षेत्र नम्बर २ बाट विजयी भएका थिए । उनका प्रतिस्पर्धी एमालेका कृष्ण खनाल थिए ।



प्रतिक्रिया दिनुहोस्