Logo

अबको २० दिनभित्र नयाँ सरकार बन्ने ओलीको घोषणा, कांग्रेसले २५ सिट नकटाउने दाबी (भिडियोसहित)



नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वाम गठबन्धनले २० दिन भित्र नयाँ सरकार बनाउने दाबी गरेका छन् ।हिमालय टेलिभिजनको विशेष प्रस्तुतिमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै अध्यक्ष ओलीले जनताका आकांक्षा पूरा गर्नका लागि वाम गठबन्धन प्रतिवद्ध रहेको बताउँदै चुनावी नतिजालगत्तै सरकार गठन गर्ने बताए ।

को प्रधानमन्त्री बन्ने भन्ने विषयमा चुनावपछि छलफल गरेर निर्णय गरिने ओलीको भनाई छ । प्रधानमन्त्री को बन्ने भन्ने विषयमा माओवादी अध्यक्ष प्रचण्डसँग कुनै सहमति नभएको ओलीले बताए ।

वाम गठबन्धन पूर्ण लोकतान्त्रिक भएको दाबीसमेत ओलीले गरे । “यो गठबन्धन लोकतान्त्रिक, राष्ट्रिय एकताको लागि हो ।”
कम्युनिष्ट गठबन्धन भनिए पनि आफूहरुले चुनावी तालमेल मात्रै गरेको ओलीले बताए । एमाले र माओवादी मात्र नभै राप्रपा लगायतका अन्य दलसँग पनि विभिन्न स्थानमा तालमेल गरिएकाले यसलाई कम्युनिष्ट गठबन्धन भन्न नमिल्ने तर्क ओलीले गरे ।



प्रतिक्रिया दिनुहोस्