Logo

कुनै पनि कसर बाँकी नराखेर सुरक्षा प्रबन्ध मिलाइएको छ : गृहसचिव सापकोटा



१९ मंसिर, काठमाण्डौ । गृह मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले निर्वाचनका बेला शान्ति सुरक्षामा खलल पु¥याउने तत्वलाई कारबाही गरिएको दाबी गरेका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा कुरा गर्दै सापकोटाले चुनाव विथोल्ने गतिविधिमा संलग्न ६ सयभन्दा बढिलाई पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाइएको दाबी गरे ।

घटना हुनै नदिने र यदी भइहाले तत्काल शान्ति सुरक्षाको व्यवस्था गरी घटना घटाउनेलाई पक्राउ गर्ने सापकोटाले बताए । “कुनै पनि कसर बाँकी नराखेर सुरक्षा प्रबन्ध मिलाइएको छ ।” सापकोटाले भने ।

नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागबाट सुरक्षाका लागि व्यवस्थापन गरिएको सापकोटाले बताए ।
कुनै शंकास्पद व्यक्ति र वस्तु देखिएका सुरक्षा निकायलाई जानकारी गराउन सापकोटाले आग्रहसमेत गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot