Logo

देउवाले भने,‘ऋषिजी कांग्रेसको बहुमत आउँछ, फेरि म प्रधानमन्त्री बन्छु’ ओली भन्छन् : सरकार बाम गठबन्धनको बन्छ, म प्रधानमन्त्री’ (भिडियोसहित)



काठमाडौं, १९ मंसिर । निर्वाचनको मतपरिणाम सार्वजनिक नहुँदै ठूला दलका शीर्ष नेताहरुवीच आफ्नो गठबन्धनले बहुमत ल्याउने र सरकार बनाउने दाबी गर्न थालेका छन् ।

शीर्ष नेताहरुले नै आफ्नो पार्टीले बहुमत ल्याएर सरकार बनाउने उद्धघोष गरेपछि अहिले राजनीतिक तरंग पैदा भएको छ । पत्रकार ऋषि धमलासँग कुराकानीमा प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीले छुट्टाछुट्टै कुराकानीमा आफ्नो पार्टीले बहुमत ल्याउने र सरकार बनाउने दाबी गरेका छन् ।
पत्रकार धमलासँगको कुराकानीमा प्रधानमन्त्री देउवाले कांग्रेसकै बहुमत आउने र सरकारको नेतृत्व आफूले नै गर्ने दाबी गरेका छन् ।

एमाले अध्यक्ष ओलीले त वाम गठबन्धनले नै बहुमत ल्याउने दाबी गरेका हुन् । उनले थपे,‘ढुक्क हुनुहोस्, हाम्रो गठबन्धनले नै बहुमत ल्याउँछ, पुसपछि यस देशमा नेपाली कांग्रेसको सरकार रहँदैन्, सरकार हामी बनाउँछौं।’

बाँकी भिडियोमार्फत हेर्नुहोस :



प्रतिक्रिया दिनुहोस्

Screenshot