Logo

भोलि हुने निर्वाचनको तयारी एक्सिलेन्ट छ, ढुक्क भएर मतदान गर्नुहोस् : निर्वाचन आयुक्त ईश्वरी प्रसाद पौडेल



काठमाडौं, २० मंसिर । निर्वाचन आयुक्त ईश्वरी प्रसाद पौडेलले भोलि हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको तयारी एक्सेलेन्ट भएको दाबी गरेका छन् । उनले भने,“भोलिको निर्वाचनको लागि हामीले सम्पूर्ण तयारी पूरा गरिसकेका छौं, ढुक्क भएर मतदानमा भाग लिन आयोगले हिजोपनि पत्रकार सम्मेलनमार्फत अपिल गरेको छ।”

बुधबार विहानी पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले भोलि हुने निर्वाचनको लागि सरकारले भरपर्दो सुरक्षा प्रबन्ध गरिसकेकोले ढुक्क भएर मतदान गर्न आम मतदाताहरुलाईृ आग्रह गरे । उनले थपे,“शान्ति, सुरक्षाको समस्या छैन । म भर्खरै ४ र ५ नम्बर प्रदेशको भ्रमण गरेर फर्किएको हुँ । मैले सुरक्षा समन्वय संयन्त्रसँग पनि भेटवार्ता गरेको थिएँ , सानोतिनो घटना घटाएर तर्साउन खोजिएको देखियो, अब त्यस्ता घट्नाले निर्वाचनमा कुनै असर पर्दैन्।”

आयुक्त पौडेलले देशैभरि बम पड्किएको भनेर हल्ला फिँजाईएको भन्दै उक्त घट्नाहरुलाएै सामान्य तर्साउन खोजिएको संज्ञा दिए । उनले थपे,“केही ठाउँहरुमा छिटपुट पड्किएको हो । निर्धक्क भएर मतदाताहरु बुथमा पुग्न सक्छन् । हिजो साँझ साँखुमा म निरिक्षण गर्न गएको थिएँ, नेपाली सेनाको टोलीले गस्ती गरिरहेके छ । सेनाको गस्ती सबै ठाउँमा भैरहेको छ।“

मौन अवधिमा आथिृक चलखेल भएको छ भन्ने कुरा आएको छ नि भनेर पत्रकार धमलाले सोधेको एक प्रश्नमा भने,“हामीले व्यापक सुक्ष्म तवरले अनुगमन गरिरहेका छौं, हाम्रा अनुगमनकर्ताहरुले मौन अवधमिा हुन सक्ने कुराहरु रोक्नुहुन्छ । कतिपय ठाउँमा भोज भतेर भएको छ भनेर खबर आएपछि मान्छे पठाइयो, तर त्यहाँ त मजदुरहरुले भेला भएर खाजा खाएको पाईयो, त्यसैले अरे को भरमा हावाको भरमा लाग्नुहुँदैन ।”

उनले निर्वाचन आचारसंहिता पनि पूर्ण रुपमा पालना भएको स्पष्ट पारे । उनले थपे,“आचारसंहिता पूर्ण रुपमा लागु भएको छ । उम्मेद्धवारहरुले कार्यान्वयन गर्नुभएको छ । स्थानीय तहकोभन्दा यो पटकको निर्वाचनमा धेरै राम्रोसँग पालना भएको छ । सानोतिनो तोरनहरुलाई हाम्रा अनुगमनकर्ताहरुले झिकिदिनुभएको छ । त्यसैले निर्वाचन स्वच्छ, स्वतन्त्र रुपमा सम्पन्न हुने कुरामा हामी ढुक्क छौं ।”



प्रतिक्रिया दिनुहोस्

Screenshot