Logo

पाँच वर्षका लागि जनप्रतिनिधी चयन गर्दै मतदाता, ४५ जिल्लामा मतदान सुरु



काठमाडौं, मंसिर २१ । प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको निर्वाचन बिहीबार ४५ जिल्लाका निर्वाचन क्षेत्रहरुमा मतदान सुरु भएको छ ।
मतदाताहरु विहानैदेखि मतदानका लागि लाइन बसेका थिए । सात बजेदेखि मतदान सुरु भएको हो ।

पद्यकन्या विद्याश्रम मा. वि . केन्द्र डिल्लीबजारमा मतदाता आफ्नो पालो कुर्दै !

दोस्रो चरणमा प्रतिनिधिसभाको १ सय २८ र प्रदेशसभाको २ सय ५६ सिटका लागि मतदान हुँदै छ । प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचन प्रणालीतर्फको कुल १ सय ६५ सिट मध्ये ३७ र प्रदेशसभाको प्रत्यक्षतर्फको कुल ३ सय ३० सिटमध्ये ७४ सिटमा मंसिर १० गते पहिलो चरणमा निर्वाचन सम्पन्न भइसकेको छ ।

दोस्रो चरणको मतदान सकिएपछि बिहीबारबाटै पहिलो र दोस्रो चरणको मतगणना प्रारम्भ हुनेछ । पहिलो चरणमा हिमाली तथा पहाडी ३२ जिल्लामा निर्वाचन भएको थियो । यतिबेला तराईका सबै र पहाडका जिल्लाहरुमा मतदान हुन लागेको छ । प्रमुख दलका अधिकांश शीर्ष नेताहरु दोस्रो चरणकै चुनावमा प्रतिस्पर्धी छन् ।

तस्विर : ईश्वर कार्की



प्रतिक्रिया दिनुहोस्