Logo

४ बजेसम्म ६० प्रतिशत मत खस्यो, ७० भन्दा बढि खस्ने दाबी



काठमाडौं, २१ मंसिर । निर्वाचन आयोगले दोस्रो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको आज भएको मतदानमा अहिले दिउँसो ४ बजेसम्म करिव ६० प्रतिशत मतदान भएको जानकारी दिएको छ ।

निर्वाचन आयोगले दिएको जानकारी अनुसार अहिले सबै मतदान केन्द्रमा शान्तिपूर्ण एवं उत्साहजनक रूपमा मतदान भइरहेको छ । सबैभन्दा बढी सुर्खेतमा ६३, मकवानपुरमा ६० र मोरङ जिल्लामा ५८ प्रतिशत मतदान भएको छ । त्यसैगरी, इलाम, झापा, धनकुटा, रौतहट, सिन्धुली काठमाडौं, भक्तपुर, चितवनलगायतका जिल्लामा ५५ प्रतिशत मतदान भएको आयोगले जनाएको छ ।

दोस्रो चरणको निर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागि १२८ निर्वाचन क्षेत्र र प्रदेशसभा सदस्यका लागि २५६ निर्वाचन क्षेत्रका गरी ७ हजार ७५२ मतदान स्थलका १५ हजार ३४४ मतदान केन्द्रमा मतदान भइरहेको छ ।

बेलुका ५ बजेभित्र मतदान केन्द्रहरुमा प्रवेश गरिसकेका मतदाताहरुले मतदान गर्न पाउने व्यवस्था छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot