Logo

गोरखामा बाम गठबन्धनका उम्मेद्धवारको सुरुवाती अग्रता, बाबुराम भन्दा नारायाणकाजी अगाडि



गोरखा, २१ मंसिर । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सबैभन्दा धेरै चासोको रुपमा रहेको एक गोरखा क्षेत्र नम्बर २ को प्रारम्भिक मत परिणाम सार्वजनिक भएको छ ।

साँझ ८ बजे सार्वजनिक गरिएको पहिलो मत अपडेट अनुसार नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अग्रता कायम गरेका छन् । अहिलेसम्म ३१३ मत गणना हुँदा श्रेष्ठले १६५ मत ल्याएका छन् । उनका प्रतिस्पर्धी नयाँ शक्ति नेपालका अध्यक्ष डा बाबुराम भट्टराईले १३२ मत ल्याएका छन् ।

मंसिर १० गते सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना आज साँझ ५ बजेबाट सुरु भएको थियो । यता गोरखा क्षेत्र नम्बर १ मा पनि नेकपा माओवादी केन्द्रका उम्मेदवार हरि अधिकारीले अग्रता लिएका छन् । ८०३ मत गन्दा उनले ३५१ मत पाएका छन् भने उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका चीनकाजी श्रेष्ठले ३३० मत पाएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot