Logo

जाजरकोट, बैतडी र सोलुखुम्बुमा वाम गठबन्धनको अग्रता



जाजरकोट, २१ मंसिर : प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का शक्तिबहादुर बस्नेतले एक हजार १७१ मत ल्याएर अग्रता लिनुभएको छ ।

नेपाली काँग्रेसका राजीवविक्रम शाहले ८६२ मत ल्याउनुभएको छ । त्यस्तै प्रदेशसभा (क) मा वाम गठबन्धनकै गणेशप्रसाद सिंहले एक हजार ३८१ र काँग्रेसका वेदराज सिंहले ७४१ प्राप्त गर्नुभएको छ । प्रदेशसभा (ख) मा पनि वाम गठबन्धनकै करवीर शाहीले एक हजार २०० मत प्राप्त गरी अग्रता लिनुभएको छ भने काँग्रेसका दीपकजंग शाहले ६६२ मत प्राप्त गर्नुभएको छ ।

बैतडी– एक हजार ३७६ मतगणना हुँदा प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनकाबाट नेकपा (एमाले) का दामोदर भण्डारीले ६५९ मत ल्याएर अग्रता लिनुभएको छ । त्यस्तै काँग्रेसका नरबहादुर चन्दले ५४४ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी प्रदेशसभा (क) मा ९४८ मतगणना हुँदा काँग्रेसका हरिमोहन भण्डारीले ४११ र वाम गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का प्रेमप्रकाश भट्टले ४११ मत प्राप्त गर्नुभएको छ । प्रदेशसभा (ख) मा एक हजार ३०५ मतगणना हुँदा वाम गठबन्धनबाट एमालेका लीलाधर भट्टले ६६७ र राप्रपाका गणेश चन्दले ५६८ मत प्राप्त गर्नुभएको प्रजिअ सिद्घराज जोशीले जानकारी दिनुभयो ।

सोलुखुम्बु– प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यमा वाम गठबन्धनको अग्रता रहेको छ । प्रतिनिधिसभातर्फ एक हजार ४१७ मतगणना गर्दा गठबन्धनबाट माओवादी केन्द्रका हेमकुमार राईले ७३४ मत ल्याएर अग्रता लिनुभएको छ । काँग्रेसका बलबहादुर केसीले ४३७ मत ल्याउनुभएको छ ।

यस्तै प्रदेशसभा (क) मा वाम गठबन्धनबाट एमालेका उत्तमकुमार बस्नेतले ४२५ मत ल्याएर अग्रता लिनुभएको छ भने काँग्रेसका प्रकाससिं कार्कीले १७४ ल्याउनुभएको छ । प्रदेशसभा (ख) मा गठबन्धनबाटै एमालेका बुद्धिकुमार राजभण्डारीले २४५ मत ल्याएर अग्रता लिनुभएको छ भने काँग्रेसका आङ्गगेलु शेर्पाले २३० मत ल्याउनुभएको छ ।(रासस)



प्रतिक्रिया दिनुहोस्

Screenshot