Logo

कांग्रेसको पक्षमा नतिजा नआउने स्पष्ट भएपछि सभापति देउवाको राजिनामा माग



२२ मंसिर, काठमाण्डौ । प्रारम्भीक मत परिणामले नेपाली कांग्रेस निकै कमजोर देखाएपछि पार्टीभित्र नेतृत्व परिवर्तनको बहस सुरु भएको छ ।

पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्व क्षमता कमजोर हुँदा चुनावमा लज्जास्पद नजिता आउने संकेत देखिएको भन्दै केही नेताहरु रुष्ट बनेका छन् ।
पार्टीभित्रको संगठन बलियो बनाउन नसकेको र सरकारको नेतृत्व गर्दासमेत जनमत आकर्षित गर्न नसकेको आरोप देउवामाथि लगाइएको छ ।

“चुनाव हराएका कारण राजिनामा दिएर पार्टी नेतृत्व हस्तान्तरण गर्नुपर्छ ।” एक नेताले भने ।

प्रारम्भीक नतिजा हेर्दा कांग्रेसले केही सिट मात्रै जित्ने र त्यसको जिम्मेवारी देउवाले लिुनपर्ने कतिपयको तर्क छ । पार्टीको पराजयप्रति जिम्मेवार बन्दै सभापति पदबाट राजिनामा दिनुपर्ने आवाज पार्टी भित्र उठ्न थालेको हो । कांग्रेसको नेतृत्व पूर्ण रुपमा असफल भएको नेताहरुको निष्कर्ष छ ।

पार्टी र सरकारको नेतृत्व गर्दा पनि जनतमाझ लोकप्रियता हासिल गर्न नसकेको आरोप देउवाको छ ।

पहिलो चरणको निर्वाचनको मतगणना हुँदै गर्दा कांग्रेसको अवस्था निकै कमजोर छ । अहिलेसम्मको अग्रतालाई हेर्दा कांग्रेस तेस्रो दल हुने देखिएको छ । प्रत्यक्ष निर्वाचनतर्फ कांग्रेस तेस्रो दल भए पनि समानुपातिक मतका कारण कांग्रेस दोस्रो दल हुने सम्भावना छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot